श्रीवैष्णव सम्प्रदाय मार्गदर्शन – अपचार

 श्रीः श्रीमते शठकोपाय नमः  श्रीमते रामानुजाय नमः  श्रीमद् वरवरमुनये नमः  श्री वानाचल महामुनये नमः
चांडिलि – गरुडजीकाे दृष्टान्त (जब गरुडजी महाराजले चांडिलि किन दिव्य देशमा निवास नगरेर यस्ताे क्षुद्र स्थानमा बसेकि हाेलिन् भनेर साेच्नु हुन्छ त्यति नै बेला गरुडजी महाराजकाे पखेटामा अागाे लाग्छ । )
यस लेखमा हामी विभिन्न प्रकारका अपचारहरुका बारेमा चर्चा गर्नेछाैं जुन अपचार श्रीवैष्णवहरुले गर्नै हुँदैन ।
श्रीवैष्णवहरुकाे लागि शास्त्र मुख्य अाधार हाे किनकि हामी हरेक दैनिकी कार्य गर्दा शास्त्र अनुसार नै गर्छाैं । शास्त्रले हामीलाई विधि र निषेधकाे बारेमा दिशानिर्देश गर्दछ । प्राथमिक रुपमा शास्त्रले हामीलाई नित्य कर्म र नैमित्तिक कर्मकाे बारेमा निर्देशन दिन्छ र चाेरी, अरुकाे धन प्रतिकाे ईर्ष्या तथा हिंसा जस्ता कुकर्महरुबाट टाढा राख्दछ । हाम्रा पूर्वाचार्यहरुले शास्त्रकाे सारलाई हामीहरुकाे लागि एकिकृत गर्नुभयाे ।

श्रीवचन भुषण दिव्य शास्त्रकाे सुत्र ३०० देखि ३०७ मा श्रीपिल्लै लाेकाचार्य स्वामीजी अाज्ञा गर्नुहुन्छ कि श्रीवैष्णवहरुले निम्न ४ कार्यहरु गर्नै हुँदैन ।

  • अकृत्य करणम – शास्त्रले बर्जित गरेका कार्यहरु नगर्ने
  • भगवत अपचार – भगवानकाे विषयमा अपचार
  • भागवत अपचार – भक्त भागवतहरुकाे विषयमा गरिने अपचार
  • असह्य अपचार – भगवत/भागवत विषयमा अकारण नै गरिने अपचार

यि अपचारहरुलाई एक एक गरि हेराैं ।

अकृत्य कारण

शास्त्रले हामीलाई निम्न लिखित कुराहरुबाट टाढा रहन निर्देश गर्दछ ।

  • पर हिंसा – अरु सजिव जीव जन्तुहरुलाई दुःख दिने । एउटा बिरुवा वा सानाे कमिलालाई पनि दुःख दिनु शास्त्रमा बर्जित छ ।
  • पर स्ताेत्र – भगवानले हामीलाई उहाँकै र भक्त भागवतहरुकाे गुणगान गाउनकाे लागि बाेल्न सक्ने बनाउनु भएकाे हाे । हामीले कदापि अवैष्णवहरुकाे गुणगान गाउनु हुँदैन ।
  • पर धारा परिग्रह – अरुकी स्त्रीलाई गलत नियतले हेर्नु हुँदैन ।
  • पर द्रव्य अपहार – अरुले ईच्छाले नदिए सम्म हामीले अरुकाे सम्पत्ती लिनु हुँदैन ।
  • असत्य कथन – झुठाे बाेल्ने ।
  • अपक्ष्य पक्ष्यणम् – तीन प्रकारका दाेषहरुले युक्त खाना जस्तै जाति दाेष(प्राकृतिक दाेष), अाश्रय दाेष र निमित्त दाेष भएकाे खाना  स्वीकार नगर्ने । अाहार नियमकाे लागि याे लिंकमा जानुहाेला । (http://ponnadi.blogspot.in/2012/07/SrIvaishNava-AhAra-niyamam_28.html)
  • मनु स्मृतिले बर्जित गरेका अन्य कार्यहरु गर्नु हुँदैन ।

श्रीवैष्णवहरुले सामान्य शास्त्र विधिकाे पालना गर्नै पर्छ र निषेधित विषयहरु त्याग्नु पर्दछ ।

भगवत अपचार

श्रीपिल्लै लाेकाचार्य स्वामीजी अर्काे निषेधित विषयकाे चर्चा गर्नुहुन्छ, त्याे हाे भगवत अपचार । श्रीलाेकाचार्य स्वामीजीले यसकाे बारेमा विस्तारमा वर्णन गर्नुहुन्छ र श्रीवरवरमुनी स्वामीजी महाराजले यसमा सुन्दर टिप्पणी समेत गर्नुभएकाे छ ।

  • भगवानलाई अरु देवी देवता सरह मान्नु ठुलाे अपचार हाे । श्रीवैष्णवहरुले के बुझ्नु पर्दछ भन्दा भगवान सर्वेश्वर हुनुहुन्छ, भगवान सबैकाे (ब्रम्हाजी, शिवजी, इन्द्रादि देवताहरु) मालिक हुनुहुन्छ र उहाँ अन्तर्यामी हुनुहुन्छ । भगवान भन्दा अरु काेहि ठुलाे छैन न त भगवानकाे बराबर नै काेहि छ । त्यसैले हामीले अन्य देवताहरुकाे विषयमा अल्झिनु हुँदैन ।
  • भगवानकाे रामकृष्णादि अवतारहरुलाई साधारण वा असाधारण पुरुष मान्नु पनि ठुलाे अपचार हाे । भगवान अाफ्नाे सम्पुर्ण गुणहरु सहित श्रीवैकुण्ठबाट यस धरातलमा अवतार लिनुहुन्छ । भगवान कुनै महिलाकाे गर्भमा प्रवेश गर्नुहुन्छ, कुनै खास दिनमा जन्मनु हुन्छ, वनबास जस्ताे घाेर दुःख सहनु हुन्छ । याे उहाँकाे लिला हाे । यद्यपि भगवान कुनै कर्ममा बाधिनु हुन्न । भगवानले याे लिला संसारी जीवात्माहरुकाे उद्दारकाे लागि गर्नुहुन्छ । हामीले कदापि भगवानलाई अन्य मानव जस्ताे सम्झनु हुन्न ।
  • वर्णाश्रमकाे नियम र सीमालाई अवज्ञा गर्नु अर्काे ठुलाे भुल हाे । वर्ण र अाश्रमकाे नियमलाई हामीले मान्नै पर्दछ । भगवान भन्नुहुन्छ “श्रुति स्मृतिर्मम एव अाज्ञाअाज्ञा छेदि मम द्राेहि, मद्भक्ताेपि न वैष्णवः ” अर्थात श्रुति र स्मृति मेराे अाज्ञा हाे, जसले श्रुति र स्मृति मान्दैन त्याे द्राेहि हाे र त्याे भक्त भएता पनि वैष्णव हुन सक्दैन । यसकाे उदाहरण श्रीवरवरमुनि स्वामीजी महाराजले दिनुभएकाे छ जस्ताे चतुर्थ वर्णका श्रीवैष्णवहरुले वैदिक मन्त्र पाठ गर्नु र सन्यासीले पान सुपारी खानु शास्त्र विराेधी छ ।
  • भगवानकाे अर्चा विग्रहलाई उक्त विग्रहमा प्रयाेग भएकाे वस्तुकाे अाधारमा मुल्यांकन गर्नु अर्काे महाभुल हाे । हामीले बुझ्नु पर्दछ कि भगवानले भक्तहरु प्रतिकाे अपार प्रेमकाे कारणले भक्तहरुकाे इच्छानुसारकाे रुप धारण गर्नुहुन्छ । सुनले बनेकाे अर्चा विग्रह राम्राे, ढुंगाले बनेकाे वा चित्रपटकाे विग्रह चै नराम्राे यस्ताे भावना गर्नु भनेकाे महापाप हाे । शास्त्रमा यस अपचारलाई अाफ्नै अामाकाे शुद्दतामा प्रश्न गर्नु बराबरकाे पाप मानिएकाे छ ।
  • हामीले अाफुलाई स्वतन्त्र मान्नु अर्काे ठुलाे अपचार हाे । हाम्राे स्वन्तत्रीय भावनाले भरिएकाे बुद्दि नै सबै पापहरुकाे मुख्य कारण हाे । जीवात्माहरु भगवानकै अधिनमा हुन्छन् स्वतन्त्र कलापि हुँदैनन् भन्ने कुरा हामीले बुझनु पर्दछ ।
  • भगवानका द्रव्य तथा अाभुषणहरु चाेरी गर्नु अर्काे ठुलाे अपचार हाे । भगवानका वस्तुहरु जस्तै भगवानलाई भाेग लगाउन राखिएका वस्तुहरु, भगवानका अाभुषणहरु, वस्त्रादि तथा भगवानका अन्य अचल सम्पत्तिहरुकाे चाेरी गर्नु महापाप हाे ।
  • भगवानका वस्तुहरु चाेरीगर्नेलाई सहयाेग गर्नु पनि अपचार हाे ।
  • चाेरी गरिएका भगवानका वस्तुहरु कदापि स्विकार गर्नु हुँदैन ।
  • शास्त्रमा वर्जित गरिएका अन्य कुराहरु ।

भागवत अपचार

अाफुलाई अन्य श्रीवैष्णवहरु समान सम्झनु मात्र पनि भागवत अपचार हाे ।हामीले अाफुलाई संधै अन्य श्रीवैष्णवहरु भन्दा तल्लाे स्तरमा राख्नु पर्छ । भगवत अपचार भनेकाे हामी भित्रकाे सांसारिक इच्छा तथा काम भावनाले गर्दा श्रीवैष्णवहरुकाे विरुद्दमा जन्माएकाे भावना हाे भनेर श्रीपिल्लै लाेकाचार्य स्वामीजी महाराजले अाज्ञा गर्नुहुन्छ । श्रीवचन भुषण ग्रन्थकाे १९० देखि २०७ सम्मकाे सुत्रमा श्रीपिल्लै लाेकाचार्य स्वामीजी महाराज निम्न बमाेजिमका अादेश दिनुहुन्छ । ति सुत्रहरुका सारांश निम्न बमाेजिम छन् ।

  • श्रीवैष्णवकाे भेष भएका तर भागवत अपचार गर्ने मानिसहरु बाहिर राम्राे देखिने तर भित्र जलेका कपडा जस्ता हुन् । हावा हुरि चल्दा ति कपडा नष्ट भएर जान्छन् ।
  • भगवानका वराह, नरसिंह, रामकृष्णादि अवतारहरु र उक्त अवतारमा भगवानले गर्नुभएका कार्यहरुकाे मुल कारण भनेकाे हिरण्यकश्यपु र रावण जस्ता दुष्टहरुले भगजानका भक्तहरुप्रति गरेका अपचारहरु नै हाे । अाफ्ना भक्तहरु प्रति भएकाे अन्याय भगवानलाई कदापि असह्य हुन्छ र यसैकारण भगवानकाे यस धरातलमा अवतार हुन्छ । यस विषयलाई भगवानकै शब्दमा भगवत गीताकाे अवतार रहस्य सम्बन्धि चाैथाे अध्यायमा प्रष्ट पारिएकाे छ । गीता भाष्य र तात्पर्य चन्द्रिका ग्रन्थमा श्रीरामानुज स्वामीजी महाराज र श्रीवेदान्त देशिक स्वामीजी महाराजले यस विषयलाई विस्तारमा उल्लेख गर्नुभएकाे छ ।

श्रीवैष्णवहरुलाई विभिन्न कारणले अनादर गर्नु तथा विभेद गर्नु पनि भागवत अपचार हाे ।

श्रीवैष्णवहरुलाई जन्म तथा जातकाे अाधारमा अनादर तथा विभेद गर्नु त झन महापाप हाे । याे जति पाप त केहि छैन ।

श्रीवैष्णवहरुसंग वार्ता गर्दा हाम्रा पूर्वाचार्यहरु धेरैनै अादर तथा सम्मान देखाउनु हुन्थ्याे । अाचार्यले अाफ्नाे शिष्यलाई बडाे अादर गर्नुहुन्थ्याे । तर अाजकल शिष्यहरुले अाचार्यलाई नै अनादर गरेकाे यस लाेकमा देखिन्छ ।

भागवत अपचारकाे परिणाम निम्न बमाेजिम चर्चा गरिएकाे छ ।

  • त्रिशंकुले अाफ्ना अाचार्य श्री वशिष्ठ महर्षि तथा उहाँका पुत्रसंग शसरीर स्वर्ग जानकाे लागि वर माग्दा अाचार्यले नदिएपछि त्रिशंकुले अाचार्य प्रति क्राेध देखाउँदा श्री वशिष्ठ महर्षिका पुत्रकाे श्रापले त्रिशंकु तत्काल चांडाल भए र उनले धारण गरेकाे जनै चांडालकाे पेटी भयाे । यसै प्रकार श्रीवैष्णवहरुले अाफु उच्चकाेटिकाे हुँदा हुँदै पनि भागवत अपचार गर्नुभयाे भने शास्त्रानुसार कडा भन्दा कडा सजायकाे भागी बन्नु पर्दछ ।
  • भक्तांघ्रिरेणु अाल्वारकाे वचनमा कुनै व्यक्ति ब्राम्हण कुलमा जन्मिएर ब्रम्हाेपदेश पाएर तथा वेदमा पारायणमा अव्वल भएता पनि उसले एक साधारण श्रीवैष्णव (जसलाई भगवान बाहेक अन्य कुनै शास्त्रकाे ज्ञान छैन ) काे अपचार गर्दछ भने उक्त ब्राम्हण चांडाल बराबर हुन्छ । भागवत अपचार गर्दा पनि ब्राम्हणकाे शारीरिक स्वरुपमा कुनै परिवर्तन अाएन भनेर हामीले साेच्नु हुँदैन । भागवत अपचार गर्दा मानसिक रुपमा ब्राम्हण पतित हुन्छन् ।
  • जब गरुडजी महाराजले चांडिलीकाे अपचार गर्नुहुन्छऽ उहाँकाे पंख तुरुन्त जल्दछ ।
  • जब पिल्लैप्पिल्लै अाल्वानले निरन्तर भागवत अपचार गर्नुहुन्छ श्रीकुरेश स्वामीजी महाराजले उहाँलाई सम्झाई बुझाई गर्नुभएकाे उदाहरण पनि हामीसंग छ ।

हामीले के बुझ्नु पर्दछ भने जसरी ज्ञान तथा अनुष्ठानकाे अभावमा पनि अाचार्य सम्बन्धले गर्दा हामीले माेक्ष प्राप्त गर्दछाैं त्यसरी नै ज्ञान तथा अनुष्ठान हुँदाहुँदै पनि हामीले भागवत अपचार गर्याैं भने हामी पतित हुन्छाै‌ं ।

असह्य अपचार

असह्य अर्थात अकारण । हामीले भगवान, अाचार्य तथा श्रीवैष्णवहरुप्रति अकारण गर्ने अपचारलाई असह्य अपचार भनिन्छ ।

  • भगवत विषयः भगवानले हिरण्यकश्यपुकाे विरुद्द केहि गर्नु भएकाे थिएन तैपनि उसले भगवानकाे नाम लिनै चाहेन ।
  • अाचार्य विषयः अाचार्यकाे अादेश पालन नगर्नु, उहाँले दिनुभएकाे दीक्षा तथा ज्ञान कुनै अयाेग्य व्यक्तिलाई पैसा तथा अन्य लाभकाे लागि दिनु ।
  • भागवत विषयः अन्य श्रीवैष्णवहरु प्रति ईर्श्या राख्नु ।

याे बुझ्नु जरुरी छ कि अकृत्य कारण भन्दा भगवत अपचार महापाप हाे , भगवत अपचार भनेकाे भागवत अपचार भन्दा पनि महापाप हाे र त्यसैगरि भागवत अपचार भन्दा असह्य अपचार महापाप हाे ।

हाम्रा पूर्वाचार्यहरुले शास्त्रकाे बडाेअादर गर्नुहुन्थ्याे र अपचारदेखि डराउनु हुन्थ्याे । गुरुपरम्परामा अाउनुहुने सम्पूर्ण अाचार्यहरुले अाफ्ना शिष्यहरुसंग अाफुले कुनै अपचार गरेकाे भए क्षमाकाे याचना गर्नुहुन्थ्याे । जबकि अाचार्यहरुले कुनै अपचार नै गर्नुभएकाे हुँदैनथ्याे । यस्ताे सरल हुनुहुन्थ्याे हाम्रा अाचार्यहरु ।

हामीले पनि याे बुझनु जरुरी छ कि अनुष्ठानले परिपूर्ण ज्ञानकाे दीप उपयाेगी हुन्छ । तर अनुष्ठान नभएकाे ज्ञान अज्ञानमा परिणत हुन्छ ।

यसकाे अर्थ कदापि याे हाेइन कि श्रीवैष्णवहरुले भागवत अपचारकाे डरले अाफुसंग भएकाे ज्ञान अरुलाई दिनुभएन । यसताे हाेइन । हाम्रा पूर्वाचार्यहरुले सारा जीवन श्रीसम्प्रदाय सम्बन्धि ग्रन्थ तथा ज्ञानहरु प्रचार प्रसार गर्नुभयाे ।
आल्वार तिरुवडिगले शरणम् ।

एम्पेरुमानार तिरुवडिगले शरणम् ।
जीयर तिरुवडिगले शरणम् ।
श्री वानमामलै रामानुज जीयर तिरुवडिगले शरणम् ।।

अडियन् प्रमोद रामानुज दास (नेपाल)

श्रोत – http://ponnadi.blogspot.com/2015/12/simple-guide-to-srivaishnavam-apacharams.html

archived in https://srivaishnavagranthamsnepali.wordpress.com/

प्रमेय (लक्ष्य) – http://koyil.org
प्रमाण (शास्त्र) – http://granthams.koyil.org
प्रमाता (आचार्य) –  http://acharyas.koyil.org
श्रीवैष्णव बालबालिकाहरुको लागि – http://pillai.koyil.org

Advertisements

One thought on “श्रीवैष्णव सम्प्रदाय मार्गदर्शन – अपचार

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s