श्रीवैष्णव सम्प्रदाय मार्गदर्शन – अर्थ पञ्चक

श्रीः श्रीमते शठकोपाय नमः  श्रीमते रामानुजाय नमः  श्रीमद् वरवरमुनये नमः  श्री वानाचल महामुनये नमः

श्रीवैष्णव सम्प्रदाय मार्गदर्शन

<< तत्व त्रय

भगवान ६ स्वरुपमा रहनु हुन्छ । १‍ परमपद वैकुण्ठमा पर स्वरुपमा, २ क्षीरसागरमा व्युह स्वरुपमा, ३ रामकृष्णादि अवतारमा विभव स्वरुपमा, ४ हरेक जीवात्मा भित्र अन्तरयामि स्वरुपमा, ५ मठ मन्दिर र श्रीवैष्णावहरुकाे घरमा विराजमान अर्चा स्वरुप अर्थात मूर्ति स्वरुपमा र ६ अाचार्यकाे स्वरुपमा

 

मिक्क इरै निलैयुम मेय्याम उयिर निलैयुम
तक्क नेरियुम तडैयागित् तोक्कियलुम ऊल विनैयुम
वाल्विनैयुम ओधुम
कुरुकैयर कोन यालिन् इसै वेदत्तियल

–श्रीपराशर भट्टर स्वामीजी द्वारा रचित श्रीसहस्रगीतिकाे तनियन

अर्थः हे अालवारतिरुनगरीमा निवास गर्नुहुने श्रीवैष्णवहरुका स्वामी श्री शठकाेप स्वामी, हजुरबाट रचना गरिएकाे सहस्रगीतिकाे वीणाकाे मधुर ध्वनि समान गाथाहरुले ५ सिद्दान्तहरुकाे प्रतिपादन गर्दछन् -१ भगवान श्रीमन्नारायणकाे परम स्वरुप २ जीवात्माकाे स्वरुप ३ उपाय स्वरुप ४ विराेधि स्वरुप ५ उपेय स्वरुप

अर्थ पञ्चक भन्नाले पाँच विशेष अवधारणा बुझिन्छ । श्री पिल्लै लाेकाचार्य स्वामीजी महाराजले हामी माथि दया गर्दै रहस्य ग्रन्थकाे रचना गर्नुभयाे जुन ग्रन्थले अर्थ पञ्चककाे अवधारणालाई सुन्दर ढंगले प्रस्तुत गर्दछ । यस लेख श्री पिल्लै लाेकाचार्य स्वामीजी महाराजकाे उक्त ग्रन्थमा अाधारित छ ।

श्रीस्वामीजीकाे उक्त ग्रन्थकाे मुख्य मुख्य बुँदाहरु यस प्रकार छन् ।

  • जीवात्मालाई निम्न पाँच भागमा बाँडिएकाे छ ।
    • नित्यसूरिः परम पद वैकुण्ठमा नित्य निवास गर्नुहुने ।
    • मुक्तात्माः माेक्ष प्राप्त गरी परम पद वैकुण्ठमा रहनु भएका मुक्त अात्माहरु ।
    • बद्धात्माः संसारमै रहेका अात्मा वा जीवात्माहरु
    • केवलः कैवल्य माेक्ष प्राप्त गरेका अात्माहरु जाे अाफैमा वा निराकार ब्रम्हमा रमाइरकेका हुन्छन् । यस्ताे माेक्षबाट कदाचित भगवानकाे सेवा गर्ने अवसर प्राप्त हुँदैन र सेवाकाे ईच्छा पनि हुँदैन ।
    • मुमुक्षुः संसारमा रहनु भएका जीवात्मा जाे भगवान र भागवतकाे सेवा गर्दै वैकुण्ठ प्राप्तिकाे इच्छा राख्नु हुन्छ ।
  • ब्रम्ह – परमात्माः भगवानका पाँच स्वरुपहरु
    • पर स्वरुपः परमपद वैकुण्ठमा निवास गर्नुहुने भगवान श्रीहरिकाे सर्वाेच्च स्वरुप
    • व्यूहः क्षीरसागरमा संकर्षण, प्रद्युम्न, अनिरुद्ध अादि स्वरुपमा रहनुहुने भगवान श्रीहरि जसले सृष्टि, स्थिति र संहारकाे भार बहन गर्नुहुन्छ ।
    • विभवः श्रीरामकृष्णादि अवतारहरु
    • अन्तर्यामीः सबै जीवात्माहरुकाे अात्मामा निवास गर्नुहुने भगवान श्रीहरि र श्रीमहालक्ष्मी
    • अर्चाः मठ मन्दिर दिव्यदेश एवं श्रीवैष्ण्वहरुकाे घरमा हुनुभएका श्रीविग्रह स्वरुप भगवान ।
  • पुरुषार्थ (लक्ष्य) – पुरुष अर्थात अात्माकाे इच्छानै पुरुषार्थ हाे । यसका पाँच प्रकारहरुः
    • धर्मः सबैकाे भलाे हुने गरी गरिने कार्य
    • अर्थः धनकाे समुचित अार्जन र शास्त्र बमाेजिम गरिने खर्च
    • कामः संसारी अानन्द
    • अात्मानुभवः स्वअानन्दमा रमाउने गरी प्राप्त माेक्ष
    • भगवत कैंकर्यः यस संसार छाेडी परमपद प्राप्त गरी नित्यसूरि तथा मुक्तात्माहरुकाे बीचमा रही भगवानकाे अन्नत सेवा गर्नु ।
  • उपायः उपायका पाँच प्रकारहरु
    • कर्मः यज्ञ, दान, तप, ध्यान अादि शास्त्रद्वारा निर्देशित कार्यहरु गरि अाफ्नाे ईन्द्रीयहरु माथि नियन्त्रण राख्नु । अष्टांग याेग अादि गर्नु ।
    • ज्ञान याेगः कर्म याेगद्वारा प्राप्त ज्ञानकाे मार्फत अाफ्नाे हृदयमा नित्य वास गर्नुहुने भगवान श्रीमन्नारायणकाे नित्य ध्यान गर्नु । ज्ञानयाेग भक्तियाेगकाे लागि उपयाेगी हुन्छ ।
    • भक्ति याेगः ज्ञान याेगकाे सहयाेगले निरन्तर ध्यान मार्फत अानन्दकाे प्राप्ति हुन्छ । सबै पापकर्महरु पखालिन्छन र उपाय एवं उपेयकाे वास्तविक ज्ञान मिल्दछ ।
    • प्रपत्तिः भगवानमा शरणागत हुनु । याे निकै अानन्द दायक हुन्छ र सजिलाे पनि छ । याे भगवत भागवत कैंकर्यकाे एउटा भाग हाे । कर्मयाेग ज्ञानयाेग र भक्तियाेग गर्न नसक्नेहरुका लागि पनि प्रपत्ति मार्ग उपयुक्त हुन्छ । यसका दुई प्रकार हुन्छनः अार्त प्रपत्ति र दृप्त प्रपत्ति ।
  • अाचार्य अभिमानः माथि उल्लेखित याेग तथा प्रपत्ति मार्ग अपनाउन नसक्नेहरुका लागि अाचार्य अभिमान एकदमै उपयाेगी हुन्छ । वास्तवमा याे नै सबैका लागि उपयाेगी माध्यम हाे । शिष्यले अाचार्यमाथि परिपुर्ण विश्वास राख्दै अाचार्यलाई नै उपाय मानि उपेयकाे प्राप्तिमा विश्वास राख्नु ।
  • विराेधि स्वरुपः भगवानकाे प्राप्तिमा अाउन सक्ने बाधा व्यवधानहरु । यसका पाँच प्रकार छन् ।
    • स्वरुप विराेधिः अाफुलाई स्वतन्त्र सम्झनु । यस शरीरलाई नै अात्मा सम्झनु ।
    • परत्व विराेधिः अन्य देवी देवताहरुलाई नै भगवान सम्झने भुल गर्नु र भगवानकाे अवतारलाई साधारण पुरुषकाे अवतार सम्झने भुल गर्नु ।
    • पुरुषार्थ विराेधिः भगवत भागवत कैंकर्य अाफ्नाे स्वार्थकाे लागि गर्नु ।
    • उपाय विराेधिः अाचार्य र भगवानकाे माध्यम नअपनाई अरु उपाय अपनाउनु । अन्य उपायलाई नै ठुलाे मान्ने भुल गर्नु ।
    • प्राप्ति विराेधिः भगवत भागवत अपचार जस्ता विराेधिहरु जसले उपाय प्राप्तिमा बाधा पुर्याउँछ ।

पिल्लै लाेकाचार्य स्वामीजी महाराजले अर्थ पञ्चकमा यसाे भन्नुहुन्छ ।

अर्थ पञ्चककाे ज्ञान पश्चात मुमुक्षुहरुले यस्ताे जीवन शैलि अपनाउनु पर्दछ । वर्णाश्रम धर्ममा सीमित अाय गर्ने, सबै अाय अार्जन भगवानमा र भागवतमा अर्पण गर्ने र शरीरलाई धान्न जति अाय अावश्यक पर्छ त्यति मात्र उपभाेग गर्ने । अाचार्यकाे सेवामा तल्लिन हुने र अाचार्यकाे मुखाेल्लास गर्ने ।

भगवानमा शरणागत हुने र भगवानकाे अादर गर्ने । अाचार्यमा अज्ञानता प्रकट गर्ने, श्रीवेष्णवहरुमा नै निर्भर रहने । संसारीहरुबाट टाढा रहने ।

उपाय प्राप्तिमा ध्यान दिने, उपेयमा विश्वास राख्ने, विराेधि तत्वसंग डराउने, शारीरिक विषयबाट टाढा रहने, भागवतहरुकाे अादर गर्ने र अाचार्यमा परिपुर्ण विश्वास राख्ने ।

माथि उल्लेख गरिएका श्रीपिल्लै लाेकाचार्य स्वामीजी महाराजका बचनहरु जसले पालन गर्दछ उसलाई भगवान श्रीमन्नारायणले नित्यसुरी र मुक्तात्माहरुलाई भन्दापनि बढि कृपा गर्नुहुन्छ ।

आल्वार तिरुवडिगले शरणम् ।

एम्पेरुमानार तिरुवडिगले शरणम् ।
जीयर तिरुवडिगले शरणम् ।
श्री वानमामलै रामानुज जीयर तिरुवडिगले शरणम् ।।

अडियन् प्रमोद रामानुज दास (नेपाल)

श्रोत – http://ponnadi.blogspot.in/2015/12/artha-panchakam.html 

archived in https://srivaishnavagranthamsnepali.wordpress.com/

प्रमेय (लक्ष्य) – http://koyil.org
प्रमाण (शास्त्र) – http://granthams.koyil.org
प्रमाता (आचार्य) –  http://acharyas.koyil.org
श्रीवैष्णव बालबालिकाहरुको लागि – http://pillai.koyil.org

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s