श्रीवैष्णव सम्प्रदाय मार्गदर्शन – गुरु परम्परा

श्रीः श्रीमते शठकोपाय नमः  श्रीमते रामानुजाय नमः  श्रीमद् वरवरमुनये नमः  श्री वानाचल महामुनये नमः

श्रीवैष्णव सम्प्रदाय मार्गदर्शन

<< आचार्य शिष्य सम्बन्ध

अघिल्लाे लेखमा हामीले अाचार्य शिष्यकाे अद्वितीय सम्बन्ध बारे चर्चा गर्याैं ।

भक्त र भगवानकाे बिचमा अाचार्यकाे अावश्यकता किन पर्छ ? भन्ने धेरैकाे प्रश्न हुन सक्छ । भगवाने सिधै भक्तहरुकाे उद्दार गरी माेक्ष दिनुभएकाे दृष्टान्तहरु छैनन् र ? जस्ताे गजेन्द्र, गुह, सबरी, अक्रुर, त्रिवक्रा (कृष्णावतारकी कुब्जा), माला कार अादिलाई भगवानले सिधै माेक्ष दिनुभएकाे हैन र ।

यस विषयमा हाम्रा पूर्वाचार्यहरुकाे व्याख्या यस प्रकार छ । भगवान पूर्ण स्वतन्त्र हुनुहुन्छ र जीवात्मा प्रति परिपूर्ण कृपा गर्नुहुन्छ तर भगवान पनि स्वय‌ं जीवात्माकाे कर्मानुसार जीवात्मालाई प्रतिफल दिन प्रतिबद्द हुनुहुन्छ । हाे यतिखेर नै हामीलाई अाचार्यकाे अावश्यकता पर्दछ । भगवानले अनवरत रुपमा जीवात्माहरुलाई सदाचार्य प्राप्त गर्ने अवसर प्रदान गर्नुहुन्छ, ति सदाचार्यहरुले जीवात्मालाई वास्तविक ज्ञान प्रदान गर्दै भगवानलाई प्राप्त गर्न याेग्य बनाउनुहुन्छ । आचार्यहरु श्रीमहालक्ष्मी जस्तै पुरुषकार गर्ने अधिकारी हुनुभएकाेले भगवानलाई विश्वस्त पार्नुहुन्छ कि जीवात्माहरु सबै सांसारिक सम्बन्धहरु परित्याग गरी मात्र भगवानकाे कृपामा निर्भर रहेका हुन्छन् ।

भगवानले जीवात्मालाई यस संसार वा माेक्ष जीवात्माकै कर्मानुसार प्रदान गर्नुहुन्छ भने अाचार्यले याे सुनिश्चित गर्नुहुन्छ कि शरणागत जीवात्माले माेक्ष प्राप्त गराेस् । यस्ताे पनि भनिन्छ कि सिधै भगवानमा शरणागत हुँनु भनेकाे भगवानकाे हात समातेर भगवानकाे प्राप्ति गर्न खाेज्नु हाे भने अाचार्यकाे माध्यमबाट भगवानमा शरणागत हुनु भनेकाे भगवानकाे चरणकमल समातेर भगवानकाे चरणकमलकै अाश्रय लिनु हाे किनकी अाचार्यहरु भगवानकाे श्रीचरणकाे प्रतिनिधि हुनुहुन्छ । पूर्वाचार्यहरुकाे अनुसार भगवानले सिधै जीवात्मालाई माेक्ष प्रदान गर्नु एकदमै दुर्लभ र असाधारण विषय हाे तर भगवानले अाचार्यकाे माध्यमबाट जीवात्मालाई स्वीकार गर्नु भनेकाे चै साधारण र उचित प्रकृया हाे ।

यहाँ हामीहरु अाचार्यकाे बारेमा चर्चा गरिरहँदा हाम्राे अाचार्य परम्परा बुझ्नु अति नै अावश्यक छ । भगवानबाट कसरी ज्ञानकाे गंगा हामी जीवात्मा सम्म अाइपुग्याे भनेर बुझ्न अाचार्य परम्परा बुझ्नु पर्दछ । हामीहरु प्रायः सबैलाई अाचार्य परम्पराकाे ज्ञान छ तै पनि यस विषयमा यहाँ चर्चा गरिएकाे छ किनकी अाचार्य परम्परा नबुझ्नु भनेकाे अरु संसारी सरह नै हुनु हाे ।

सनातन धर्मकाे नामले पनि चिनिने यस श्रीवैष्णव सम्प्रदाय अन्नत काल देखि चलिअाएकाे छ र धेरै महापुरुषहरुले यस सम्प्रदायकाे इतिहासमा प्रचार प्रसार गर्नुभएकाे छ । द्वापर युगकाे अन्त्य तिर दक्षिण भारतकाे विभिन्न नदी भएका स्थानहरुमा अाल्वारहरु प्रकट हुन थाल्नु भयाे । अन्तिम अाल्वार कलियुगकाे सुरुवात तिर प्रकट हुनुभयाे । श्रीमहाभारत ग्रन्थमा व्यास ऋषिले भविष्यवाणी गर्नुभएकाे छ कि भगवान श्रीमन्नारायणका उच्च भक्तहरु विभिन्न नदी किनारमा प्रकट हुनुहुनेछ र सबै जीवात्माहरुलाई भगवानकाे बारेमा दिव्य ज्ञान प्रदान गर्नुहुनेछ । अाल्वारहरुकाे संख्या १० छ – सराेयाेगी अाल्वार (पाेइगइ अाल्वार), भुतयाेगी अाल्वार (भुतत्अाल्वार), महद्याेगी अाल्वार (पेइअाल्वार), भक्तिसार अाल्वार (तिरुमञिसै अाल्वार), श्रीशठकाेप सूरी (नम्माल्वार), कुलशेखर अाल्वार, विष्णुचित्त अाल्वार (पेरीयाल्वार), भक्तांघ्रिरेणु अाल्वार (ताेण्डरअडिप्पाेडी अाल्वार), याेगीवाहन अाल्वार (तिरुप्पाणी अाल्वार) र परकाल सूरी (तिरुमंगै अाल्वार) । मधुरकवि अाल्वार र गाेदादेवी पूर्ण रुपमा अाचार्य प्रति निर्भर हुनुहुन्थ्याे र उहाँहरुलाई पनि अाल्वार काेटीमै राखिन्छ , यसरी अाल्वारकाे संख्या १२ छ । गाेदादेवी त भूदेवी कै अवतार हुनुहुन्छ । गाेदादेवी बाहेक सबै अाल्वारहरु जीवात्मा नै हुनुहुन्छ , उहाँहरुलाई भगवानले नै संसारबाट चयन गरी अाफ्नै अ‌ंशकाे रुपमा यस धरातलमा पठाउनु भयाे । भगवानले अाफ्नाे संकल्पबाट अाल्वारहरुलाई तत्वत्रयकाे बारेमा पूर्ण ज्ञान प्रदान गर्नुभयाे र अाल्वारहरुकै माध्यमबाट कुनै समयमा गुमेकाे भक्ति प्रपत्ति मार्गकाे पुनर्उत्थान गर्नुभयाे । भगवानले अाल्वारहरुलाई वर्तमान, भुत र भविष्यकाे बारेमा पूर्ण ज्ञान प्रदान गर्नुभएकाे थियाे । अल्वारहरुले ४००० दिव्य प्रबन्धकाे रचना गर्नुभयाे । ४००० दिव्य प्रबन्ध अाल्वारहरुकाे भगवत अनुभवकाे छबिचित्र हाे । दिव्य प्रबन्धकाे सार भनेकाे श्रीशठकाेप सूरी द्वारा रचित श्रीसहस्रगीति अर्थात तिरुवायमाेञी हाे ।

अाल्वारहरुकाे समय पश्चात अाचार्यहरु प्रकट हुनुभयाे । श्रीनाथमुनी स्वामी, श्रीपुण्डरीकाक्ष स्वामी, श्रीराममिश्र स्वामी, श्रीयामुनाचार्य स्वामी, श्रीमहापूर्ण स्वामी, श्रीशैलपूर्ण स्वामी, श्रीगाेष्ठीपूर्ण स्वामी, श्रीमालाधर स्वामी, श्रीवररंगाचार्य स्वामी, श्रीरामानुज स्वामी, श्रीगाेविन्दाचार्य स्वामी, श्रीकूरेश स्वामी, श्रीदाशरथी स्वामी, श्रीदेवराज मूनी, श्रीअनन्ताल्वान, श्रीतिरुक्कुरुगै पिरान् पिल्लन्, श्रीएन्गलाल्वान, श्रीनडादुर अम्माल, श्रीपराशर भट्टर, श्रीवेदान्ति स्वामी, श्रीकलिवैरिदास स्वामी, श्रीकृष्णपाद स्वामी, श्रीपेरीयवाच्चान पिल्लै, श्रीपिल्लै लाेकाचार्य, श्रीअलगीय मणवाल पेरुमाल नायनार, श्रीकुरकुलाेत्तम दासर, श्रीशैलेश स्वामी, श्रीवेदान्ताचार्यर स्वामी र श्रीवरवरमुनी स्वामी यस धरातलमा अवतार भई श्रीसम्प्रदायकाे प्रचार गर्नुभयाे । याे अचार्य परम्परा श्रीरामानुज स्वामीजीले स‌ंस्थापन गर्नुभएकाे ७४ सिंहासनाधिपतिहरु र श्रीवरवरमुनी स्वामीजीले संस्थापन गर्नुभएकाे अष्टदिग्गजहरु एवं जीयर मठहरुद्वारा अाज पर्यन्त चलिरहेकै छ । उपराेक्तानुसारका अाचार्यहरुले दिव्य प्रबन्धहरुकाे पासुरहरुकाे बारेमा विभिन्न व्याख्या गर्नुभयाे । अाचार्यहरुकाे ति व्याख्या नै हामीहरुकाे लागि भगवत अनुभव गर्नकाे लागि अाचार्यहरुले छाेडेर जानुभएकाे ठुलाे धन राशी हाे । अाल्वारहरुकाे परिपूर्ण कृपा पाएर अाचार्यहरुले दिव्य प्रबन्धका पासुरहरुकाे वास्तविक अर्थ बुझी ति अर्थहरुलाइ विभिन्न काेणबाट व्याख्या गर्नुभयाे ।

अाचार्यहरुले गर्नुभएकाे दिव्य प्रबन्धकाे व्याख्याकाे कारणले गर्दा नै हामीहरुले दिव्य प्रबन्धलाई वास्तविक रुपमा बुझ्न पाएका छाै‌ं भनि श्रीवरवरमूनी स्वामी अाफ्नाे ग्रन्थ श्रीउपदेश रत्न मालामा अाज्ञा गर्नुहुन्छ । यदि अाचार्यहरुकाे व्याख्या नभएकाे भए हाम्राे दिव्य प्रबन्ध पनि अरु तमिल साहित्य जस्तै हुने थियाे जुन् मात्र केहि वर्गका मानिसहरुले पढ्थे बुझ्थे । हाम्रा पूर्वाचार्यहरुले दिव्य प्रबन्धकाे सारलाई राम्राे संग बुझी दिव्य प्रबन्धलाई घरमा र मन्दिरमा दैनिक नित्यानुसन्धानकाे प्रमुख अंग बनाउनु भयाे । यस विषयलाई हेर्नकाे लागि तिरुवल्लिक्केनी दिव्य देशकाे भ्रमण गर्न सकिन्छ जहाँ सिरीय तिरुमदल गाेष्ठीकाे अवसरमा ५, ६ वर्षका बालकहरु अरु जेष्ठ श्रीवैष्णवहरुकाे भन्दा ठुलाे अावाजमा दिव्य प्रबन्धकाे पाठ गरिरहनु भएकाे सुनिन्छ । देखिन्छ । हामीसबैलाई तिरुप्पावैकाे बारेमा थाहा नै छ र कण्ठ पनि छ । प्रत्येक धनुर्मासमा ३, ४ वर्षका बाल बालिकाहरुपनि श्रीगाेदादेविद्वारा अनुग्रहित श्रीतिरुप्पावै ग्रन्थ दक्षिण भारतमा पाठ गरिरहेका हुन्छन् ।

यसरी हामी हाम्राे गुरु परम्परा बुझेर, पाठ गरेर प्रत्येक दिन यसकाे अानन्द लिन सक्छाै‌ं ।

पूर्वाचार्यहरुकाे बारेमा विभिन्न भाषामा जानकारी प्राप्त गर्नकाे लागि यस लिंकमा जानुहाेला ।

http://acharyas.koyil.org .

आल्वार्गल वाञि, अरुलिच्चेयल वाञि, ताञवातुमिल कुरवर ताम वाञि (अाल्वारहरुकाे मंगल हाेस् दिव्य प्रबन्धहरुकाे मंगल हाेस् दिव्य प्रबन्धहरुकाे अनुसरण गर्दै प्रचार प्रसार गर्ने अाचार्य एवं पूर्वाचार्यहरुकाे मंगल हाेस् ) उपदेश रत्नमाला

आल्वार तिरुवडिगले शरणम् ।

एम्पेरुमानार तिरुवडिगले शरणम् ।
जीयर तिरुवडिगले शरणम् ।
श्री वानमामलै रामानुज जीयर तिरुवडिगले शरणम् ।।

अडियन् प्रमोद रामानुज दास (नेपाल)

श्रोत – http://ponnadi.blogspot.in/2015/12/simple-guide-to-srivaishnavam-guru-paramparai.html

archived in https://srivaishnavagranthamsnepali.wordpress.com/

प्रमेय (लक्ष्य) – http://koyil.org
प्रमाण (शास्त्र) – http://granthams.koyil.org
प्रमाता (आचार्य) –  http://acharyas.koyil.org
श्रीवैष्णव बालबालिकाहरुको लागि – http://pillai.koyil.org

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s