Monthly Archives: May 2017

श्रीवैष्णव सम्प्रदाय मार्गदर्शन – तत्व त्रय

श्रीः श्रीमते शठकोपाय नमः  श्रीमते रामानुजाय नमः  श्रीमद् वरवरमुनये नमः  श्री वानाचल महामुनये नमः

श्रीवैष्णव सम्प्रदाय मार्गदर्शन

<< रहस्य त्रय

तत्वहरुलाई खासगरी ३ भागमा बाँडिएकाे छ । चित् , अचित् र ईश्वर ।

चित् भन्नाले नित्य विभुति (परमपद वैकुण्ठ) तथा लीला विभुति (यस संसार) मा भएका असंख्य जीवात्माहरुलाई जनाउँदछ । प्रकृतिले जीवात्मालाई जन्मजात ज्ञान प्रदान गरेकाे हुन्छ । ज्ञान वरदान स्वरुप भएकाे हुनाले अात्मा जब वास्तविक ज्ञान भएकाे जीवात्मामा अवस्थित रहन्छ त्यतिखेर अात्मा साह्रै अानन्दित रहन्छ । जीवात्माहरुलाई ३ भागमा बाँडिएकाे छ – नित्यसूरी (जाे अनन्तकाल देखि मुक्त हुनुहुन्छ र परमपद वैकुण्ठमा भगवानकाे सेवामा हुनुहुन्छ), मुक्तात्मा (जाे कुनै समयमा संसारी भुमरीमा बाँधिएका थिए तर हाल मुक्त भई परमपद वैकुण्ठमा हुनुहुन्छ) र बद्दात्मा (जाे अहिले पनि संसारी भुमरीमा बाँधिएका छन्) । बद्दात्माहरुलाई थप २ भागमा बाँडिएकाे छ । भुभुक्षु (जाे यसै संसारमा रमाउन चाहन्छन्) र मुमुक्षु (जाे माेक्ष प्राप्त गर्न चाहन्छन्) । मुमुक्षुहरुलाई थप २ भागमा बाँडिएकाे छ । कैवल्यार्थि (जाे स्वयं अनुभुति वा स्वयं अानन्द प्राप्तिकाे इच्छा राख्दछन् ) र भगवत कैंकर्यार्थि (जाे परमपद वैकुण्ठमा भगवानकाे सेवा गर्ने इच्छा राख्नुहुन्छ ) । थप जानकारीकाे लागि याे लिंकमा जानुहाेला ।  https://srivaishnavagranthamshindi.wordpress.com/2016/07/07/thathva-thrayam-chith-who-am-i/ .

अचित तत्व भन्नाले हाम्रा इन्द्रियहरुले देख्न वा महशुश गर्न सक्ने सबै जड पदार्थ बुझिन्छ । विनाशकाे समय पश्चात अचित तत्व अव्यक्त रुपमा भएकाे मानिन्छ भने सृष्टिकाे समयमा अचित तत्व व्यक्त अवस्थामा रहेकाे मानिन्छ । दुबै नित्य विभुति र लीला विभुतिमा अचित तत्वकाे उपस्थिति रहन्छ । अचित तत्वले लाैकिक संसारमा वास्तविक ज्ञानलाई अावरण गर्दछ भने अाध्यात्मिक संसारमा अचित तत्वले ज्ञानलाई सुगम बनाउँदछ । अचित तत्वलाई थप ३ भागमा बाँडिन्छ । शुद्द सत्व (परमपद वैकुण्ठमा देखिने), मिश्र सत्व  (संसारमा देख्न सकिने राग र अज्ञानले भरिएकाे सत्व) र सत्व शुन्य (सत्वताकाे अभाव जसलाई काल भनिन्छ) । थप जानकारीकाे लागि याे लिंकमा जानुहाेला । https://srivaishnavagranthamshindi.wordpress.com/2016/07/17/thathva-thrayam-chith-what-is-matter/.

ईश्वर अर्थात भगवान श्रीमन्नारायण सर्वाेच्च परमात्मा हुनुहुन्छ र श्रीमहालक्ष्मीसंग श्रीवैकुण्ठमा विराजमान हुनुहुन्छ । भगवानमा ६ प्रकारका परिपूर्ण गुणहरु छन्  – ज्ञान, बल, एेश्वर्य, विर्य, शक्ति र तेज । यि ६ गुणहरु थप असंख्य दिव्य गुणहरुमा परिवर्तित हुन्छन् । सबै दिव्य गुणहरु भगवानमा छन् र भगवान सबै प्रकारका दाेषबाट मुक्त हुनुहुन्छ । सबै चित र अचित तत्वहरु भगवानमा नै निहित छन् । भगवान सबै चित र अचित तत्वहरुमा हुनुहुन्छ र तिनलाई धारण पनि गर्नुहुन्छ । सबै चित र अचित तत्वहरुकाे स्वामी भगवान हुनुहुन्छ । यसमा थप जानकारीकाे लागि याे लिंकमा जानुहाेला । https://srivaishnavagranthamshindi.wordpress.com/2016/08/05/thathva-thrayam-iswara-who-is-god/ .

तत्वहरुमा समानताः

  • ईश्वर र चित दुबै चेतन हुन् ।
  • दुबै चित र अचित ईश्वरका अभिन्न अंग हुन् ।
  • ईश्वर र अचित दुबैसंग चितलाई अाफ्नाे चरित्र वा गुणमा परिवर्तन गर्न सक्ने क्षमता हुन्छ । उदाहरणकाे लागि जब जीवात्मा सांसारिक कृयाकलापमा धेरैनै मग्न हुन्छ उ स्वयं पनि ज्ञान बिनाकाे तत्व जस्तै हुन्छ । जबकि जब जीवात्मा भगवत विषयमा अानन्दित हुन्छ उ संसारी भुमरिबाट मुक्त हुन्छ र भगवान जस्तै अानन्दित रहन्छ ।

तत्वहरुमा भिन्नताः

  • ईश्वरकाे सबैभन्दा फरक र अद्वितीय गुण भनेकाे ईश्वरकाे सर्वाेच्चता हाे । ईश्वर सबैका स्वामी हुन् र सर्वज्ञ, सर्वव्यापी, सर्वशक्तिमान छन् ।
  • चितकाे गुण भनेकाे ईश्वर प्रति कैंकर्यकाे विषय ज्ञान हाे ।
  • अचितकाे गुण भनेकाे अज्ञानता हाे । अचित अरुकाे अानन्दकाे लागि हुन्छ ।

पिल्लै लाेकाचार्य स्वामीजी महाराजद्वारा रचित तत्व त्रय रहस्य ग्रन्थकाे बारेमा जान्नकाे लागि याे लिंकमा जानुहाेला । http://ponnadi.blogspot.in/2013/10/aippasi-anubhavam-pillai-lokacharyar-tattva-trayam.html .

आल्वार तिरुवडिगले शरणम् ।

एम्पेरुमानार तिरुवडिगले शरणम् ।
जीयर तिरुवडिगले शरणम् ।
श्री वानमामलै रामानुज जीयर तिरुवडिगले शरणम् ।।

अडियन् प्रमोद रामानुज दास (नेपाल)

श्रोत – http://ponnadi.blogspot.in/2015/12/thathva-thrayam-in-short.html

archived in https://srivaishnavagranthamsnepali.wordpress.com/

प्रमेय (लक्ष्य) – http://koyil.org
प्रमाण (शास्त्र) – http://granthams.koyil.org
प्रमाता (आचार्य) –  http://acharyas.koyil.org
श्रीवैष्णव बालबालिकाहरुको लागि – http://pillai.koyil.org

Advertisements

श्रीवैष्णव सम्प्रदाय मार्गदर्शन – रहस्य त्रय

श्रीः श्रीमते शठकोपाय नमः  श्रीमते रामानुजाय नमः  श्रीमद् वरवरमुनये नमः  श्री वानाचल महामुनये नमः

श्रीवैष्णव सम्प्रदाय मार्गदर्शन

<< दिव्य प्रबन्ध एवं दिव्य देश

पञ्चसंस्कारकाे समयमा मन्त्र उपदेश पनि अाचार्यले गर्नुहुन्छ । जसमा अाचार्यले शिष्यलाई ३ रहस्य मन्त्रहरुकाे उदपेश गर्नुहुन्छ । ति तीन रहस्य मन्त्रहरु यस प्रकार छन् ।

  • तिरुमन्त्र अर्थात अष्टाक्षरी मन्त्र अर्थात मुल मन्त्रः बदरीकाश्रममा भगवान नारायण नै नारायण ऋषि बनेर नर ऋषि (स्वयं भगवान) लाई सुनाउनु भएकाे महामन्त्र ।

अाेम् नमाे नारायणाय

साधारण अर्थः जीवात्मा, जाे भगवानकाे अंग हाे र जसकाे स्वामी भगवान हुनुहुन्छ,  सदैव भगवानकाे अानन्दकाे लागि मात्र अस्तित्वमा रहनु पर्दछ । जीवात्माले भगवानकै सेवा गर्नु पर्दछ । भगवाननै एकमात्र स्वामी हुनुहुन्छ ।

  • द्वय मन्त्रः श्रीवैकुण्ठमा भगवान श्रीमन्नारायणले श्रीमहालक्ष्मीलाई प्रदान गर्नुभएकाे मन्त्र ।

श्रीमन्नारायण चरणाै शरणम प्रपद्ये श्रीमते नारायणाय नमः

साधारण अर्थः श्रीमहालक्ष्मीका पति अनन्त भगवान श्रीमन्नारायणकाे चरणकमलमा म शरण पर्दछु । म सदैव श्रीमहालक्ष्मी र श्रीभगवानकाे सेवाकाे लागि प्रर्थना गर्दछु ।

  • चरम मन्त्रः कुरुक्षेत्रमा भगवान श्रीकृष्णले अर्जुनलाई उपदेश गर्नुभएकाे ।

सर्वधर्मान् परित्यज्य माम् एकं शरणम् व्रज ।
अहम् त्वा सर्व पापेभ्याे माेक्षयिस्यामि मा शुचः ।।

साधारण अर्थः सबै उपायहरु अर्थात धर्महरुकाे परित्याग गरि मेराे शरणमा अाउ । म तिमिलाई सबै पापहरुबाट माेक्ष दिनेछु । चिन्ता नगर ।

मुमुक्षुप्पडि व्याख्यानमा श्रीवरवरमुनी स्वामीजी महाराजले ३ रहस्य मन्त्रहरुकाे बिचमा २ विशेष सम्बन्धहरुकाे चर्चा गर्नुभएकाे छ ।

  • विधि-अनुष्ठान (सिद्दान्त – व्यवहार)- मुलमन्त्रले जीवात्मा र परमात्माकाे बीचमा भएकाे सम्बन्धकाे चर्चा गर्नुहुन्छ । चरम मन्त्रले जीवात्मालाई भगवानमा शरणागत हुन निर्देश गर्नुहुन्छ । र शरणागत जीवात्माले सदैव द्वय मन्त्रकाे अनुष्ठान गर्नुपर्दछ ।
  • विवरण-विवरणी – मुलमन्त्रमा नमाे नारायणायले प्रणवकाे चर्चा गर्नुहुन्छ । द्वयमन्त्रले मुलमन्त्रकाे चर्चा गर्नुहुन्छ र चरममन्त्रले द्वयमन्त्रकै विवेचना गर्नुहुन्छ ।

तीन रहस्य मन्त्रहरु मध्ये हाम्रा पुर्वाचार्यहरुले द्वयमन्त्रकाे विशेष महिमा गर्नुभएकाे छ । द्वय मन्त्र सदैव स्मरण गर्न सकिन्छ । द्वय मन्त्रलाई मन्त्र रत्न पनि भनिन्छ । द्वयन्त्रले श्रीमहालक्ष्मीकाे पुरुषकार स्वरुपाकाे परिपुर्ण चर्चा गर्नुहुन्छ । श्रीमहालक्ष्मी र श्रीभगवान प्रति निरन्तर सेवा गर्नु नै अन्तिम लक्ष्य हाे भनेर बताइएकाे छ । श्रीदेवराज गुरु (एरुम्बि अप्पा) ले वरवरमुनी दिनचर्यामा श्रीवरवरमुनी स्वामीजीका दिव्य कृयाकलापहरुकाे वर्णन गर्नुभएकाे छ । वरवरमुनी दिनचर्याकाे नवाैं श्लाेकमा “मन्त्र रत्न अनुसन्धान सन्तत स्पुरिताधरम् । तदर्थ तत्व निध्यान सन्नद्द पुलकाेद्गमम् ।। ” अर्थात वरवरमुनी स्वामीजीका अाेठहरुले निरन्तर द्वय मन्त्रकाे अनुष्ठान गरिरहनु भएकाे हुन्छ । द्वयमन्त्रकाे अनुसन्धान गर्दैगर्दा श्रीवरवरमुनी स्वामीजीकाे शरीरले दिव्य स्वरुपमा प्रतिकृया दिइरहनु भएकाे हुन्छ । द्वय मन्त्रकाे अनुसन्धान भनेकाे सहस्रगीति नै हाे । द्वयमन्त्रकाे अनुसन्धान सदैव गुरुपरम्परा (अस्मद्गुरुभ्याे नमः ‍‍……..श्रीधराय नमः) अनुसन्धान पश्चात मात्र गर्नुपर्दछ ।

पराशर भट्टर स्वामीजीले अष्टश्लाेकीमा, पेरियवाच्चान पिल्लै स्वामीजीले परन्त रहस्यमा, पिल्लै लाेकाचार्य स्वामीजीले श्रीयः पतिः पडि, याद्रुचिकः पडि, परन्त पडिः मुमुक्षुप्पडिमा, अलगिय मणवालप्पेरुमाल नायनार स्वामीजीले अरुलिच्चेयल रहस्य, श्रीवरवरमुनी स्वामीजीले मुमुक्षुप्पडि व्याख्यानमा रहस्य त्रयकाे विवेचना गर्नुभएकाे छ । धेरै असाधारण प्रबन्धहरुमध्ये श्रीमुमुक्षुप्पडि एक महत्वपुर्ण र सरल साहित्य हाे । श्रीवैष्णव गाेष्ठीमा मुमुक्षुप्पडीलाई महत्वपुर्ण कालक्षेप ग्रन्थ मानिन्छ ।

रहस्य त्रयकाे साथसाथै मुख्यत तत्व त्रय र अर्थ पञ्चकहरु पनि बुझ्नु अावश्यक हुन्छ । यस पछिका लेखहरुमा हामी तत्व त्रय र अर्थ पञ्चकहरुकाे बारेमा पनि चर्चा गर्नेछाै‌ं ।

आल्वार तिरुवडिगले शरणम् ।

एम्पेरुमानार तिरुवडिगले शरणम् ।
जीयर तिरुवडिगले शरणम् ।
श्री वानमामलै रामानुज जीयर तिरुवडिगले शरणम् ।।

अडियन् प्रमोद रामानुज दास (नेपाल)

श्रोत – http://ponnadi.blogspot.in/2015/12/rahasya-thrayam.html

archived in https://srivaishnavagranthamsnepali.wordpress.com/

प्रमेय (लक्ष्य) – http://koyil.org
प्रमाण (शास्त्र) – http://granthams.koyil.org
प्रमाता (आचार्य) –  http://acharyas.koyil.org
श्रीवैष्णव बालबालिकाहरुको लागि – http://pillai.koyil.org

श्रीवैष्णव सम्प्रदाय मार्गदर्शन – दिव्य प्रबन्ध एवं दिव्य देश

श्रीः श्रीमते शठकोपाय नमः  श्रीमते रामानुजाय नमः  श्रीमद् वरवरमुनये नमः  श्री वानाचल महामुनये नमः

श्रीवैष्णव सम्प्रदाय मार्गदर्शन

<< गुरु परम्परा

paramapadhanathan

श्रीदेवी, भुदेवी, नीलादेवी तथा श्रीनित्यसूरीहरुका माझ श्रीपरमपद वैकुण्ठमा बिराजमान भगवान श्रीमन्नारायण

अघिल्लाे लेखमा हामीले हाम्राे गुरु परम्पराकाे महात्वबारे चर्चा गर्यौं । अब दिव्य प्रबन्ध तथा दिव्य देशहरुकाे महत्वकाे बारेमा पनि चर्चा गराैं ।

भगवान श्रीमन्नारायण सर्वाेच्च परमात्मा हुनुहुन्छ । उहाँ दिव्य तथा असिमित गुणहरुले युक्त हुनुहुन्छ । उहाँकाे दिव्य तथा निशर्त कृपा गर्ने गुणले गर्दा उहाँले अाल्वारहरु माथि विशेष कृपा गर्नुभयाे जसले श्रीमन्नारायण भगवान प्रतिकाे भक्ति मार्गकाे विशेष प्रचार गर्नुभयाे । भगवान सबै नित्यसूरी तथा मुक्तात्माहरुकाे स्वतन्त्र स्वामी हुनुहुन्छ यद्यपि भगवानकाे मनमा पनि एउटा पीडा थियाे ।

भगवानकाे पीडाकाे मुख्य कारण थियाे संसारी भुमरीमा परेका जीवात्माहरुले पाएकाे दुख । सबै जीवात्माहरुकाे सर्वाेच्च पिताकाे नाताले पनि अाफ्ना सन्तानहरु जन्म र मृत्युकाे भुमरीमा अल्झिएकाे दुख भगवानलाई असह्य भयाे । यहाँ याे प्रश्न उठ्न सक्छ कि यदि भगवान सर्वशक्तिमान सत्यकाम तथा सत्यसंकल्प हुनुहुन्छ भने भगवानकाे मनमा कुनै पिडा हुन सक्छ र ? यसमा हाम्रा अाचार्यहरुले भन्नुभएकाे छ कि जीवात्माहरुले पाएकाे दुख देखेर चिन्तित हुनु पनि भगवानकाे एक विशिष्ट गुण हाे । अाफ्नाे कुनै एक छाेरासंग खुशीसाथ  बसेकाे एउटा पिता अाफुबाट टाढा बसेकाे अर्काे छाेराकाे बारेमा पनि उत्तिकै चिन्तित हुने गर्दछ र यहि गुण भगवानमा पनि  छ । भगवान सर्वशक्तिमान हुनुहुन्छ तैपनि संसारमा भएका जीवात्माले अनन्त कालदेखि अज्ञानता र अविद्याकाे कारणले भाेगिरहेकाे दुख देखेर चिन्तित हुनुहुन्छ ।

संसारमा अल्झिएका जीवात्माहरुकाे उद्दारका लागि भगवानले सृष्टिकाे समयमा ति जीवात्माहरुलाई शरीर तथा अंगहरु प्रदान गर्नुभयाे, शास्त्रकाे ज्ञान दिनुभयाे र स्वयं भगवान नै रामकृष्णादि रुपमा यस धरातलमा अवतार लिई अाउनु भयाे । यद्यपि जीवात्मा वास्तविक तत्व ज्ञान जान्न खाेज्दैन र भगवानकाे सर्वाेच्चता स्वीकार गर्दैन । त्यसैले, जसरी एउटा हरिणकाे शिकार गर्नु अघि जसरी व्याधाले तालिम प्राप्त हरिणकाे प्रयाेग गर्दछ त्यसरी नै भगवानले जीवात्माहरुकाे उद्दार गर्नकाे लागि संसारमै हुनुभएका जीवात्माहरुकाे प्रयाेग गर्नुहुन्छ । यसरी भगवानले केहि जीवात्माहरुकाे चयन गर्नुहुन्छ, उहाँहरुलाई अाफ्नाे अंशावतार बनाई दिव्य ज्ञान प्रदान गर्नुहुन्छ र उहाँहरुलाई अाल्वार बनाउनु हुन्छ । भगवत विषयमा मग्न भई भक्ति मार्गमा चुर्लुम्म डुब्नु भएका महापुरुषहरुलाई अाल्वार भनिन्छ । श्रीवेदव्यासजी ले महाभारत ग्रन्थमा बताउनु भए बमाेजिम अाल्वारहरु दक्षिण भारतकाे विभिन्न स्थानहरुमा प्रकट हुनुभयाे । अाल्वारहरु बारे हामीले अघिल्लाे लेखमा चर्चा गर्याैं ।

Azhwarsअाल्वारहरु

अाल्वारहरुले भगवान श्रीमन्नारायणकाे तमिल भाषामा विभिन्न गाथाहरु गाइ मंगलगान गर्नुभयाे । ति गाथाहरु लगभग ४००० संख्यामा छन् र त्यसैले ४००० दिव्य प्रबन्धकाे नामले परिचित छन् । अाल्वारहरुले विभिन्न क्षेत्रहरुमा अर्चा मूर्तिकाे रुपमा बिराजमान श्रीमन्नारायण भगवानकाे मंगलाशासन गर्नुभएकाे हुनाले ति क्षेत्रहरुलाई दिव्य देश भनिन्छ, जस्तै श्रीरंगम्, श्रीताेदाद्री, श्रीमुक्तिनाथ अादि । जम्मा १०८ दिव्यदेशहरु हुनुहुन्छ । जसमध्ये नेपाल सहित भारत वर्षमा १०६ दिव्यदेशहरु हुनुहुन्छ भने क्षिराब्दि नामक दिव्यदेशमा जीवात्माहरुकाे पहुँच हुँदैन जहाँ केवल भगवान श्रीहरि श्रीलक्ष्मीजीका साथ निवास गर्नुहुन्छ भने अर्काे एक दिव्यदेश परमपद वैकुण्ठमा जीवात्माहरु श्रीवैष्णव भैसके पश्चात मात्र माेक्ष प्राप्त गरी पुग्दछन् । श्रीरंगम मुख्य दिव्यदेश हाे भने तिरुमला, काञ्चीपुरम्, तिरुवल्लीक्केनी, अाल्वार तिरुनगरी अादि अरु महत्वपूर्ण दिव्यदेशहरु हुन् । भगवानका ५ रुपहरु छन् । परस्वरुप अर्थात परमपदमा बिराजमान श्रीपरवासुदेव भगवान, क्षीरसागरमा बिराजमान व्युह स्वरुप, श्रीरामकृष्णादि अवतारकाे रुपमा विभव स्वरुप, अन्तर्यामी स्वरुप अर्थात सबै जीवात्माहरु भित्र रहनुहुने परमात्मा र अर्चा स्वरुप अर्थात मूर्तिकाे रुपमा मन्दिरहरुमा बिराजमान भगवान । सबै स्वरुपहरु मध्ये अर्चा स्वरुप भगवानकाे यस्ताे स्वरुप हाे जसकाे दर्शन सबै भक्त भागवतहरुले सहजै गर्न सक्नुहुन्छ । हाम्रा पूर्वाचार्यहरुले दिव्यदेशहरुलाई नै अाफ्नाे जीवन मान्नु भयाे र अाफ्नाे सारा जीवन दिव्यदेशहरुमा भगवान र भागवतहरुकाे सेवामा अर्पण गर्नुभयाे । अधिक जानकारीकाे लागि याे लिंकमा जानुहाेला । http://koyil.org .

वेद वेदान्तकाे सार साधारण तमिल भाषामा दिव्य प्रवन्ध रुपमा पाइन्छ । जीवात्माहरुलाई वास्तविक तत्व ज्ञान प्रदान गरी उद्दार गर्नु दिव्य प्रवन्धकाे मुल उद्देश्य हाे ।अाल्वारहरुकाे समय पश्चात सयाैं वर्ष पछि श्रीनाथमुनी स्वामीजीबाट सुरु भई श्रीरामानुज स्वामीजी हुँदै श्रीवरवरमुनी स्वामीजी पर्यन्तका अाचार्यहरु प्रकट हुनु भई अाल्वारहरुले रचना गर्नुभएकाे दिव्य प्रवन्धकाे प्रचार गर्नु भयाे । कम ज्ञान भएका अज्ञानीहरुले दिव्य प्रबन्धलाई साधारण तमिल गीत सम्झिए भने महापुरुष अाचार्यहरुले दिव्य प्रबन्धलाई भगवान श्रीमन्नारायण नै उपाय तथा उपेय मान्ने महान तथा दिव्य ग्रन्थकाे संज्ञा दिनुभयाे । हाम्रा पूर्वाचार्यहरु दिव्य प्रबन्धकाे रसरुपी अानन्दमा डुब्नुभयाे र दिव्य प्रबन्धका गाथाहरुकाे अध्ययन गर्ने, प्रचार गर्ने र ति गाथाहरुले निर्देश गरे अनुरुप नै जीउने गर्नुभयाे ।

azhwar-madhurakavi-nathamuniश्रीमधुरकवि अाल्वार तथा श्रीनाथमुनी स्वामीजीका साथमा श्रीशठकाेप स्वामी

इतिहासमा यस्ताे कालाे कालखण्ड पनि अायाे जतिखेर विशेष गरी अाल्वारहरुकाे समय पश्चात दिव्य प्रबन्धहरुकाे लाेप भयाे । अन्तताेगत्वा श्रीनाथमुनी स्वामीजी महाराजले कठिन मिहिनेत गरेर श्रीशठकाेप स्वामीजी महाराजकाे अवतार स्थल श्रीअाल्वारर तिरुनगरी पत्ता लगाई श्रीशठकाेप स्वामीजी महाराज कै कृपाले सबै ४००० दिव्य प्रबन्धकाे अध्ययन गर्नुभयाे । श्रीनाथमुनी स्वामीजीले ४००० दिव्य प्रबन्धलाई ४ भागमा विभाजन गरी अाफ्ना शिष्यहरुलाई अध्यापन गराइ दिव्य प्रबन्धकाे महत्वलाई प्रकाशमा ल्याउनु भयाे । उहाँले श्रीमधुरकवि अाल्वारकाे सम्मानमा श्रीमधुरकवि अाल्वार द्वारा रचिएकाे कण्णिनुण शिरु ताम्बुलाई पनि दिव्य प्रबन्ध भित्र ल्याउनु भयाे । श्रीमधुरकवि अाल्वारले अाफुलाई अाचार्य श्रीशठकाेप स्वामीजी महाराजमा अर्पण गर्नु भएकाे थियाे ।

Ramanuja_Sriperumbudur
श्रीरामानुज स्वामी

श्रीरामानुज स्वामीजी (एम्पेरुमानार) अादिशेषजी काे अवतार हुनुहुन्छ । उहाँले श्रीयामुनाचार्य स्वामीजी महाराजकाे कृपा र इच्छा बमाेजिम वेद वेदान्त र दिव्य प्रबन्धहरुकाे विभिन्न अाचार्यहरुसंग अध्ययन गर्नुभयाे । उहाँले अाल्वार तथा दिव्य प्रबन्धहरुकाे महिमा समाजकाे विभिन्न वर्गहरुमा प्रचार गरी श्रीवैष्णव सम्प्रदायलाई नयाँ उचाइमा पुर्याउनु भयाे । श्रीरामानुज स्वामीजी महाराजकाे विशेष याेगदानकाे कारणले स्वयं श्रीरंगनाथ भगवानले श्रीसम्प्रदायलाई श्रीरामानुज दर्शनकाे संज्ञा दिनुभयाे । श्रीरामानुज स्वामीजीकाे महानताले गर्दा अाचार्यहरुले श्रीरामानुज स्वामीजीकाे महिमा गान श्रीरामानुज नुत्तन्दादि (जसलाई श्रीतिरुवरंगत्तु अमुदनारले गाउनु भएकाे थियाे) लाई ४००० दिव्य प्रबन्धमा सामेल गराउनु भयाे । जसरी ब्राम्हणहरुले प्रत्येक दिन गायत्री मन्त्रकाे जप गर्नु पर्दछ त्यसैगरी सबै प्रपन्न जनहरुले श्रीरामानुज नुत्तन्दादि (जसलाई प्रपन्न गायत्री भनिन्छ) काे नित्य पारायण गर्नै पर्दछ ।

nampillai-goshti1श्रीकलिवैरिदास स्वामीजीकाे कालक्षाेप गाेष्ठी

श्रीरामानुज स्वामीजी, श्रीगाेविन्दाचार्य स्वामीजी, श्रीपराशर भट्टर स्वामीजी र श्रीवेदान्ति स्वामीजी पछि गुरुपरम्परामा अाउनुहुने महत्वपुर्ण अाचार्य हुनुहुन्छ श्रीनम्पिल्लै अर्थात श्रीकलिवैरिदास स्वामीजी । उहाँ श्रीरंगममा निवास गर्नुहुन्थ्याे र अाफ्नाे समयमा श्रीसम्प्रदायकाे नेता हुनुहुन्थ्याे । उहाँकाे समयमा नै श्रीरंगममा ४००० दिव्य प्रबन्धकाे अर्थलाई बडाे महत्व दिइयाे । उहाँ प्रत्येक दिन पेरीय पेरुमाल श्रीरंगनाथ भगवानकाे सन्निधानमा कालक्षेप गरी समय बिताउनु हुन्थ्याे । शयन मुद्रामा रहनु भएका श्रीरंगनाथ भगवान पनि उहाँकाे कालक्षेप सुन्नकाे लागि उठेर झ्यालबाट चियाउनु हुन्थ्याे भन्ने गरिन्छ । उहाँका शिष्यहरुले पनि दिव्य प्रबन्धकाे अर्थ प्रचारमा महत्वपुर्ण याेगदान दिनुभयाे । उहाँका प्रमुख शिष्य श्रीपेरीयवाच्चान पिल्लै (जसलाई व्याख्यान चक्रवर्ति भनिन्छ) ले सबै दिव्यप्रबन्धहरुमा व्याख्यान लेख्नुभयाे । र ति व्याख्यानहरुकाे ठूलाे महिमा गर्नु भएकाे छ हाम्रा अाचार्यहरुले ।  श्रीकलिवैरिदास स्वामीजीका अर्का शिष्य श्रीवडक्कु तिरुविधि पिल्लै स्वामीजीले श्रीकलिवैरिदास स्वामीजीले सहस्रगीतिकाे बारेमा गर्नुभएकाे कालक्षेपकाे स‌ंकलन गर्नुभयाे र याे संकलनलाई ईडु ३६००० पडि भनिन्छ जुन दक्षिण भारतमा अाजसम्म सबैभन्दा बढी रुचाइएकाे छ ।

pillailokacharya-goshtiश्रीपिल्लै लाेकाचार्य स्वामीजीकाे कालक्षेप गाेष्ठी

श्रीकलिवैरिदास स्वामीजीकाे समय पश्चात श्रीपिल्लै लाेकाचार्य स्वामीजी महाराजले श्रीसम्प्रदायकाे नेतृत्व गर्दै दिव्य प्रबन्धहरुकाे रहस्य सारलाई अाफ्नाे रहस्य ग्रन्थहरुमा संकलन गर्नुभयाे । ति रहस्यहरुकाे धेरै अाचार्यहरुले अाफ्ना अनेकानेक ग्रन्थहरुमा विवेचना गर्नुभएकाे छ । श्रीपिल्लै लाेकाचार्य स्वामीजीले दिव्यप्रबन्धहरुकाे रहस्य सार अाफ्नाे १८ कृतिहरुमा संकलन गर्नुभयाे । उहाँकाे जीवनकाे अन्त्य तिर मुसलमान अाक्रमणकारीहरुले श्रीरंगममा विनाश गरे । उक्त विनाशबाट भगवान रंगनाथलाई बचाउनकाे लागि उहाँले श्रीरंगनाथ भगवानकाे उत्सव मूर्ति लिएर त्यहाँबाट जंगलकाे बाटाे भाग्ने क्रममा अाफ्नाे उमेरकाे कारणले परमपद प्राप्त गर्नुभयाे । तत्पश्चात श्रीवैष्णव समुदायमा लामाे समय सम्म दुख अाइपर्याे । केहि दशकपछि ति मुसलमान अाक्रमणकारीहरु भगाइए पश्चात श्रीरंगममा शान्ति छायाे र भगवान रंगनाथ श्रीरंगम सवारी भयाे ।

srisailesa-thanian-smallश्रीवरवरमुनी स्वामीजीकाे कालक्षेप गाेष्ठी

श्रीवरवरमुनी स्वामीजी श्रीरामानुज स्वामीजी महाराजकै अपरावतार हुनुहुन्छ । उहाँकाे अवतार स्थल अाल्वार तिरुनगरी हाे । उहाँले वेद वेदान्त र दिव्य प्रबन्धकाे ज्ञान अाफ्ना पिता र अाफ्ना अाचार्य श्रीशैलेश स्वामीजीबाट प्राप्त गर्नुभयाे । अाफ्नाे अाचार्य श्रीशैलेश स्वामीजीकाे अाज्ञाले उहाँले अाफ्नाे बाँकी जीवन श्रीसम्प्रदायकाे महिमालाई बढाँउदै श्रीरंगममा निवास गर्नुभयाे । उहाँले व्यक्तिगत रुपमा लाेप हुन लागेका ग्रन्थहरुकाे खाेजी गर्नुभयाे, अध्ययन गर्नुभयाे, ति ग्रन्थहरुकाे रुखकाे पातहरुमा अभिलेख गरी भविष्यका सन्ततिहरुका लागि बडाे मुश्किलले जगेर्ना समेत गर्नुभयाे । उहाँकाे याेगदान र दिव्य वैभवहरुकाे सम्मानमा स्वयं भगवान रंगनाथले उहाँकाे भगवत विषय कालक्षेप १ वर्षसम्म सुनी अन्त्यमा एक सानाे बालककाे रुपमा प्रकट भई श्रीवरवरमुनी स्वामीजीलाई अाफ्नाे अाचार्य मानी श्रीशैलेशदया पात्रम तनियन प्रदान गर्नुभयाे ।

जीवात्माकाे उद्दार गर्ने दिव्य प्रबन्धहरुकाे इतिहास देखि नै हाम्रा पूर्वाचार्यहरुले रक्षा गर्दै अाउनु भएकाे छ । हामी सबै श्रीवैष्णवहरुले दिव्यप्रबन्ध अध्ययन गरी साे काे महत्व बुझी दिव्यप्रबन्धहरकै अादेशानुसार जीवन यापन गर्नुपर्दछ ।

अाल्वारहरु तथा दिव्य प्रबन्धहरुकाे बारेमा थप जानकारीकाे लागि कृपया निम्न बमाेजिमका लिंकमा जानुहाेला ।

दिव्यप्रबन्धहरुकाे विभिन्न भाषामा अनुवादकाे लागि याे लि‌ंकमा जानुहाेला ।  http://divyaprabandham.koyil.org

आल्वार तिरुवडिगले शरणम् ।
एम्पेरुमानार तिरुवडिगले शरणम् ।
जीयर तिरुवडिगले शरणम् ।
श्री वानमामलै रामानुज जीयर तिरुवडिगले शरणम् ।।

अडियन् प्रमोद रामानुज दास (नेपाल)

श्रोत – http://ponnadi.blogspot.in/2015/12/simple-guide-to-srivaishnavam-dhivya-prabandham-dhesam.html

archived in https://srivaishnavagranthamsnepali.wordpress.com/

प्रमेय (लक्ष्य) – http://koyil.org
प्रमाण (शास्त्र) – http://granthams.koyil.org
प्रमाता (आचार्य) –  http://acharyas.koyil.org
श्रीवैष्णव बालबालिकाहरुको लागि – http://pillai.koyil.org

श्रीवैष्णव सम्प्रदाय मार्गदर्शन – गुरु परम्परा

श्रीः श्रीमते शठकोपाय नमः  श्रीमते रामानुजाय नमः  श्रीमद् वरवरमुनये नमः  श्री वानाचल महामुनये नमः

श्रीवैष्णव सम्प्रदाय मार्गदर्शन

<< आचार्य शिष्य सम्बन्ध

अघिल्लाे लेखमा हामीले अाचार्य शिष्यकाे अद्वितीय सम्बन्ध बारे चर्चा गर्याैं ।

भक्त र भगवानकाे बिचमा अाचार्यकाे अावश्यकता किन पर्छ ? भन्ने धेरैकाे प्रश्न हुन सक्छ । भगवाने सिधै भक्तहरुकाे उद्दार गरी माेक्ष दिनुभएकाे दृष्टान्तहरु छैनन् र ? जस्ताे गजेन्द्र, गुह, सबरी, अक्रुर, त्रिवक्रा (कृष्णावतारकी कुब्जा), माला कार अादिलाई भगवानले सिधै माेक्ष दिनुभएकाे हैन र ।

यस विषयमा हाम्रा पूर्वाचार्यहरुकाे व्याख्या यस प्रकार छ । भगवान पूर्ण स्वतन्त्र हुनुहुन्छ र जीवात्मा प्रति परिपूर्ण कृपा गर्नुहुन्छ तर भगवान पनि स्वय‌ं जीवात्माकाे कर्मानुसार जीवात्मालाई प्रतिफल दिन प्रतिबद्द हुनुहुन्छ । हाे यतिखेर नै हामीलाई अाचार्यकाे अावश्यकता पर्दछ । भगवानले अनवरत रुपमा जीवात्माहरुलाई सदाचार्य प्राप्त गर्ने अवसर प्रदान गर्नुहुन्छ, ति सदाचार्यहरुले जीवात्मालाई वास्तविक ज्ञान प्रदान गर्दै भगवानलाई प्राप्त गर्न याेग्य बनाउनुहुन्छ । आचार्यहरु श्रीमहालक्ष्मी जस्तै पुरुषकार गर्ने अधिकारी हुनुभएकाेले भगवानलाई विश्वस्त पार्नुहुन्छ कि जीवात्माहरु सबै सांसारिक सम्बन्धहरु परित्याग गरी मात्र भगवानकाे कृपामा निर्भर रहेका हुन्छन् ।

भगवानले जीवात्मालाई यस संसार वा माेक्ष जीवात्माकै कर्मानुसार प्रदान गर्नुहुन्छ भने अाचार्यले याे सुनिश्चित गर्नुहुन्छ कि शरणागत जीवात्माले माेक्ष प्राप्त गराेस् । यस्ताे पनि भनिन्छ कि सिधै भगवानमा शरणागत हुँनु भनेकाे भगवानकाे हात समातेर भगवानकाे प्राप्ति गर्न खाेज्नु हाे भने अाचार्यकाे माध्यमबाट भगवानमा शरणागत हुनु भनेकाे भगवानकाे चरणकमल समातेर भगवानकाे चरणकमलकै अाश्रय लिनु हाे किनकी अाचार्यहरु भगवानकाे श्रीचरणकाे प्रतिनिधि हुनुहुन्छ । पूर्वाचार्यहरुकाे अनुसार भगवानले सिधै जीवात्मालाई माेक्ष प्रदान गर्नु एकदमै दुर्लभ र असाधारण विषय हाे तर भगवानले अाचार्यकाे माध्यमबाट जीवात्मालाई स्वीकार गर्नु भनेकाे चै साधारण र उचित प्रकृया हाे ।

यहाँ हामीहरु अाचार्यकाे बारेमा चर्चा गरिरहँदा हाम्राे अाचार्य परम्परा बुझ्नु अति नै अावश्यक छ । भगवानबाट कसरी ज्ञानकाे गंगा हामी जीवात्मा सम्म अाइपुग्याे भनेर बुझ्न अाचार्य परम्परा बुझ्नु पर्दछ । हामीहरु प्रायः सबैलाई अाचार्य परम्पराकाे ज्ञान छ तै पनि यस विषयमा यहाँ चर्चा गरिएकाे छ किनकी अाचार्य परम्परा नबुझ्नु भनेकाे अरु संसारी सरह नै हुनु हाे ।

सनातन धर्मकाे नामले पनि चिनिने यस श्रीवैष्णव सम्प्रदाय अन्नत काल देखि चलिअाएकाे छ र धेरै महापुरुषहरुले यस सम्प्रदायकाे इतिहासमा प्रचार प्रसार गर्नुभएकाे छ । द्वापर युगकाे अन्त्य तिर दक्षिण भारतकाे विभिन्न नदी भएका स्थानहरुमा अाल्वारहरु प्रकट हुन थाल्नु भयाे । अन्तिम अाल्वार कलियुगकाे सुरुवात तिर प्रकट हुनुभयाे । श्रीमहाभारत ग्रन्थमा व्यास ऋषिले भविष्यवाणी गर्नुभएकाे छ कि भगवान श्रीमन्नारायणका उच्च भक्तहरु विभिन्न नदी किनारमा प्रकट हुनुहुनेछ र सबै जीवात्माहरुलाई भगवानकाे बारेमा दिव्य ज्ञान प्रदान गर्नुहुनेछ । अाल्वारहरुकाे संख्या १० छ – सराेयाेगी अाल्वार (पाेइगइ अाल्वार), भुतयाेगी अाल्वार (भुतत्अाल्वार), महद्याेगी अाल्वार (पेइअाल्वार), भक्तिसार अाल्वार (तिरुमञिसै अाल्वार), श्रीशठकाेप सूरी (नम्माल्वार), कुलशेखर अाल्वार, विष्णुचित्त अाल्वार (पेरीयाल्वार), भक्तांघ्रिरेणु अाल्वार (ताेण्डरअडिप्पाेडी अाल्वार), याेगीवाहन अाल्वार (तिरुप्पाणी अाल्वार) र परकाल सूरी (तिरुमंगै अाल्वार) । मधुरकवि अाल्वार र गाेदादेवी पूर्ण रुपमा अाचार्य प्रति निर्भर हुनुहुन्थ्याे र उहाँहरुलाई पनि अाल्वार काेटीमै राखिन्छ , यसरी अाल्वारकाे संख्या १२ छ । गाेदादेवी त भूदेवी कै अवतार हुनुहुन्छ । गाेदादेवी बाहेक सबै अाल्वारहरु जीवात्मा नै हुनुहुन्छ , उहाँहरुलाई भगवानले नै संसारबाट चयन गरी अाफ्नै अ‌ंशकाे रुपमा यस धरातलमा पठाउनु भयाे । भगवानले अाफ्नाे संकल्पबाट अाल्वारहरुलाई तत्वत्रयकाे बारेमा पूर्ण ज्ञान प्रदान गर्नुभयाे र अाल्वारहरुकै माध्यमबाट कुनै समयमा गुमेकाे भक्ति प्रपत्ति मार्गकाे पुनर्उत्थान गर्नुभयाे । भगवानले अाल्वारहरुलाई वर्तमान, भुत र भविष्यकाे बारेमा पूर्ण ज्ञान प्रदान गर्नुभएकाे थियाे । अल्वारहरुले ४००० दिव्य प्रबन्धकाे रचना गर्नुभयाे । ४००० दिव्य प्रबन्ध अाल्वारहरुकाे भगवत अनुभवकाे छबिचित्र हाे । दिव्य प्रबन्धकाे सार भनेकाे श्रीशठकाेप सूरी द्वारा रचित श्रीसहस्रगीति अर्थात तिरुवायमाेञी हाे ।

अाल्वारहरुकाे समय पश्चात अाचार्यहरु प्रकट हुनुभयाे । श्रीनाथमुनी स्वामी, श्रीपुण्डरीकाक्ष स्वामी, श्रीराममिश्र स्वामी, श्रीयामुनाचार्य स्वामी, श्रीमहापूर्ण स्वामी, श्रीशैलपूर्ण स्वामी, श्रीगाेष्ठीपूर्ण स्वामी, श्रीमालाधर स्वामी, श्रीवररंगाचार्य स्वामी, श्रीरामानुज स्वामी, श्रीगाेविन्दाचार्य स्वामी, श्रीकूरेश स्वामी, श्रीदाशरथी स्वामी, श्रीदेवराज मूनी, श्रीअनन्ताल्वान, श्रीतिरुक्कुरुगै पिरान् पिल्लन्, श्रीएन्गलाल्वान, श्रीनडादुर अम्माल, श्रीपराशर भट्टर, श्रीवेदान्ति स्वामी, श्रीकलिवैरिदास स्वामी, श्रीकृष्णपाद स्वामी, श्रीपेरीयवाच्चान पिल्लै, श्रीपिल्लै लाेकाचार्य, श्रीअलगीय मणवाल पेरुमाल नायनार, श्रीकुरकुलाेत्तम दासर, श्रीशैलेश स्वामी, श्रीवेदान्ताचार्यर स्वामी र श्रीवरवरमुनी स्वामी यस धरातलमा अवतार भई श्रीसम्प्रदायकाे प्रचार गर्नुभयाे । याे अचार्य परम्परा श्रीरामानुज स्वामीजीले स‌ंस्थापन गर्नुभएकाे ७४ सिंहासनाधिपतिहरु र श्रीवरवरमुनी स्वामीजीले संस्थापन गर्नुभएकाे अष्टदिग्गजहरु एवं जीयर मठहरुद्वारा अाज पर्यन्त चलिरहेकै छ । उपराेक्तानुसारका अाचार्यहरुले दिव्य प्रबन्धहरुकाे पासुरहरुकाे बारेमा विभिन्न व्याख्या गर्नुभयाे । अाचार्यहरुकाे ति व्याख्या नै हामीहरुकाे लागि भगवत अनुभव गर्नकाे लागि अाचार्यहरुले छाेडेर जानुभएकाे ठुलाे धन राशी हाे । अाल्वारहरुकाे परिपूर्ण कृपा पाएर अाचार्यहरुले दिव्य प्रबन्धका पासुरहरुकाे वास्तविक अर्थ बुझी ति अर्थहरुलाइ विभिन्न काेणबाट व्याख्या गर्नुभयाे ।

अाचार्यहरुले गर्नुभएकाे दिव्य प्रबन्धकाे व्याख्याकाे कारणले गर्दा नै हामीहरुले दिव्य प्रबन्धलाई वास्तविक रुपमा बुझ्न पाएका छाै‌ं भनि श्रीवरवरमूनी स्वामी अाफ्नाे ग्रन्थ श्रीउपदेश रत्न मालामा अाज्ञा गर्नुहुन्छ । यदि अाचार्यहरुकाे व्याख्या नभएकाे भए हाम्राे दिव्य प्रबन्ध पनि अरु तमिल साहित्य जस्तै हुने थियाे जुन् मात्र केहि वर्गका मानिसहरुले पढ्थे बुझ्थे । हाम्रा पूर्वाचार्यहरुले दिव्य प्रबन्धकाे सारलाई राम्राे संग बुझी दिव्य प्रबन्धलाई घरमा र मन्दिरमा दैनिक नित्यानुसन्धानकाे प्रमुख अंग बनाउनु भयाे । यस विषयलाई हेर्नकाे लागि तिरुवल्लिक्केनी दिव्य देशकाे भ्रमण गर्न सकिन्छ जहाँ सिरीय तिरुमदल गाेष्ठीकाे अवसरमा ५, ६ वर्षका बालकहरु अरु जेष्ठ श्रीवैष्णवहरुकाे भन्दा ठुलाे अावाजमा दिव्य प्रबन्धकाे पाठ गरिरहनु भएकाे सुनिन्छ । देखिन्छ । हामीसबैलाई तिरुप्पावैकाे बारेमा थाहा नै छ र कण्ठ पनि छ । प्रत्येक धनुर्मासमा ३, ४ वर्षका बाल बालिकाहरुपनि श्रीगाेदादेविद्वारा अनुग्रहित श्रीतिरुप्पावै ग्रन्थ दक्षिण भारतमा पाठ गरिरहेका हुन्छन् ।

यसरी हामी हाम्राे गुरु परम्परा बुझेर, पाठ गरेर प्रत्येक दिन यसकाे अानन्द लिन सक्छाै‌ं ।

पूर्वाचार्यहरुकाे बारेमा विभिन्न भाषामा जानकारी प्राप्त गर्नकाे लागि यस लिंकमा जानुहाेला ।

http://acharyas.koyil.org .

आल्वार्गल वाञि, अरुलिच्चेयल वाञि, ताञवातुमिल कुरवर ताम वाञि (अाल्वारहरुकाे मंगल हाेस् दिव्य प्रबन्धहरुकाे मंगल हाेस् दिव्य प्रबन्धहरुकाे अनुसरण गर्दै प्रचार प्रसार गर्ने अाचार्य एवं पूर्वाचार्यहरुकाे मंगल हाेस् ) उपदेश रत्नमाला

आल्वार तिरुवडिगले शरणम् ।

एम्पेरुमानार तिरुवडिगले शरणम् ।
जीयर तिरुवडिगले शरणम् ।
श्री वानमामलै रामानुज जीयर तिरुवडिगले शरणम् ।।

अडियन् प्रमोद रामानुज दास (नेपाल)

श्रोत – http://ponnadi.blogspot.in/2015/12/simple-guide-to-srivaishnavam-guru-paramparai.html

archived in https://srivaishnavagranthamsnepali.wordpress.com/

प्रमेय (लक्ष्य) – http://koyil.org
प्रमाण (शास्त्र) – http://granthams.koyil.org
प्रमाता (आचार्य) –  http://acharyas.koyil.org
श्रीवैष्णव बालबालिकाहरुको लागि – http://pillai.koyil.org