श्रीवैष्णव सम्प्रदाय मार्गदर्शन – आचार्य शिष्य सम्बन्ध

श्रीः श्रीमते शठकोपाय नमः  श्रीमते रामानुजाय नमः  श्रीमद् वरवरमुनये नमः  श्री वानाचल महामुनये नमः

श्रीवैष्णव सम्प्रदाय मार्गदर्शन

<< पञ्चस‌ंस्कार

पञ्च संस्कारको माध्यमबाट कसरी जीवात्माले श्रीवैष्णव भएर जीवनको यात्रा शुरु गर्दछ भनेर विषय पछिल्लो लेखमा  वर्णन गरीयो । यस सम्प्रदायमा भएको अद्भुत आचार्य शिष्य सम्बन्धको बारेमा पनि जानकारी लिइयो । हाम्रो सम्प्रदायमा भएको यस्तो अद्भुत आचार्य शिष्य सम्बन्धको बारेमा हाम्रा पूर्वाचार्यहरुको सूक्तिहरुको आधारमा यो लेख तयार पारिएको छ ।

शास्त्रको अध्ययन गरेर शास्त्रको आदेशलाई आफ्नो व्यवहारमा लागू गरी शास्त्रकै अध्यापन गर्ने महापुरुषलाई आचार्य भनिन्छ । भगवान विष्णुको परत्व अर्थात सर्वोच्चता स्वीकार नगर्ने व्यक्ति सन्यासीनै भए पनि उ चाण्डाल हो भनेर शास्त्रमै उल्लेख भएको विषय हो । त्यसैले आचार्य श्रीवैष्णव नै हुनुपर्दछ । श्रीवैष्णव अर्थात जसले भगवान श्रीमन्नारायणलाई नै सर्वोच्च परामात्मा स्वीकार गर्दछ र आफ्नो हरेक क्षणमा भगवानकै भक्ति गर्दछ । हाम्रा पूर्वाचार्यहरुको शब्दमा हामीलाई मुल मन्त्र, द्वय मन्त्र र चरम मन्त्रको उपदेश गर्दै हामीलाई पञ्चसंस्कार गराउनुुहुने महापुरुषलाई आचार्य भनिन्छ ।

आचार्यको सन्निधिमा रहेर शिक्षा हासिल गर्ने व्यक्तिलाई शिष्य भनिन्छ । आचार्यको प्रत्यक्ष मार्गदर्शनमा शिष्यले आफुलाई आचार्यको इच्छानुसार नयाँ स्वरुपमा ढाल्दछ ।

श्रीरामानुज स्वामी र श्रीकूरेश स्वामी (उदाहरणीय आचार्य शिष्य)

आचार्य शिष्यको गुण वैभवहरुको बारेमा हाम्रा पूर्वाचार्यहरुले विस्तृतमा चर्चा गर्नुभएको छ । आचार्य शिष्य सम्बन्धलाई पूर्वाचार्यहरुले शास्त्रमै उल्लेख भए अनुसार पिता पुत्रको सम्बन्धसंग जोड्नुभएको छ । जसरी पुत्र सदैव आफ्नो पिता प्रति कृतज्ञ र निर्भर रहेको हुन्छ त्यसरी नै शिष्य पनि आफ्नो आचार्य प्रति कृतज्ञ र निर्भर रहेको हुन्छ ।

भगवत गीतामा गीताचार्य भगवान श्रीकृष्ण भन्नुहुन्छ “तद् विद्दि प्रणिपातेन परि प्रश्नेन सेवया । उपदेक्षन्ति ते ज्ञानम् ज्ञानिन तत्व दर्शिनः” यो श्लोकले आचार्य र शिष्यको गुणलाई प्रष्ट पार्दछ । हामीले विनम्रता पुर्वक आचार्यको समीपमा गई आचार्यको सेवा गरी विनम्रता पुर्वक सेवा गरी अत्यन्त नम्र भइ आचार्यलाई सम्प्रदाय सम्बन्धि जिज्ञासा राख्नुपर्दछ भनेर भगवान पहिलो प‌ङ्क्तिमा भगवान भन्नुहुन्छ । तत्पश्चात आचार्यले हामीलाई तत्व ज्ञान (भगवान सम्बन्धि ज्ञान) प्रदान गर्नुहुन्छ भनेर दोश्रो प‌ङ्क्तिमा भगवान भन्नुहुन्छ ।

आचार्यमा हुनुपर्ने केही गुणहरुको चर्चा यस प्रकार छ ।

  • आचार्यलाई महालक्ष्मीसंग तुलना गरिन्छ किनकि आचार्यले हामीलाई मोक्ष प्रदान गर्नको लागि भगवानमा सिफारिस (पुरुषकार) गर्नुहुन्छ ।
  • महालक्ष्मीले जस्तै आचार्यले पनि आफुलाई भगवानको दास मान्नुहुन्छ र भगवानलाई नै एकमात्र उपाय मानी सबै कार्यहरु भगवानको प्रसन्नताको लागि गर्नुहुन्छ ।
  • आचार्यले परिपूर्ण कृपादृष्टीले शिष्यलाई स्वीकार गर्नुहुन्छ, शिष्यमा आत्माज्ञान तथा वैराग्यको विकास गर्नुहुन्छ र शिष्यलाई भगवत/भागवत कैंकर्यमा अाबद्द गराउनु हुन्छ ।
  • श्रीवरवरमूनी स्वामीजीको दिव्य सूक्तिमा उल्लेख भए अनुसार आचार्य सधैं आफ्नो शिष्यको आत्मा रक्षण गर्नमा लागि पर्नुहुन्छ ।
  • श्री पिल्लै लोकाचार्य स्वामीजी भन्नुहुन्छ “आचार्यलाई आफ्नो बारेमा, शिष्यको बारेमा र अन्तिम लक्ष्यको बारेमा पूर्ण ज्ञान हुन्छ ।”
    • आफुलाई आचार्य नमानीकन आफ्नो आचार्यलाईनै आचार्य मान्नुहुन्छ ।
    • आफ्नो शिष्यलाई समेत आफ्नो शिष्य नमानीकन आफ्नो आचार्यको शिष्य मान्नुहुन्छ ।
    • आचार्यले सधैंभरी एक परिपक्व शिष्य निर्माण गर्ने उद्देश्य राख्नुहुन्छ जसले नित्य निरन्तर भगवानको मंगलाशासन मात्र गरिरहन्छ ।
  • वार्तामाला ग्रन्थमा उल्लेख भए अनुसार र सामान्य शिष्टाचारको धर्ममा पनि आचार्यले आफ्नो शिष्यलाई अत्यन्त आदारका साथ व्यवहार गर्नुहुन्छ किनकी शिष्यले आचार्यको गुण, अनुभवको विश्लेषण बिना नै शास्त्रको आदेशानुसार आचार्यबाट सरंक्षणको लागि आचार्यमा आफुलाई समर्पण गर्नुहुन्छ ।
  • पूर्वाचार्यहरु बताउनुहुन्छ कि स्वयं भगवान पनि आचार्य बन्न रुचाउनुहुन्छ । त्यसैले हमीहरुको गुरुपरम्परा अनुसार भगवान प्रथमाचार्य हुनुहुन्छ । र, भगवान आफ्नो लागि आचार्यको चयन समेत गर्न रुचाउनुहुन्छ । त्यसैले भगवानले श्री वरवरमुनी स्वामीजीलाई आफ्नो पूर्ण आचार्य स्वीकार गर्नु भयो ।

शिष्यमा हुनुपर्ने गुणहरु यस प्रकार छन् ।

  • पिल्लै लोकाचार्य स्वामीजी भन्नुहुन्छ ।
    • शिष्यले आफुलाई एेश्वर्य र आत्मानुभव जस्ता विषयहरुबाट पर राखी मात्र भगवान र आचार्यमा केन्द्रीत राख्नुपर्छ।
    • कुनै पनि समयमा कुनै पनि प्रकारबाट आचार्यको सेवा गर्न शिष्य सधैंभरि तयार रहनुपर्छ ।
    • यस लौकिक संसारको सुखबाट शिष्य टाढा रहनुपर्छ ।
    • शिष्यमा सदा भगवत विषय र आचार्य कैंकर्यको अभिलाषा हुनुपर्दछ ।
    • भगवत भागवतहरुको प्रशंसा सुनेर शिष्यमा कहिल्यै पनि ईर्श्याको भावना जाग्नु हुँदैन ।
  • आफ्नो जीवन यापनको लागि चाहिने आधारभुत धन मात्र आफुसंग राखि बाँकी धन आफ्नो आचार्यको मान्नु पर्दछ ।
  • यामुनाचार्य स्वामीजीले वर्णन गर्नुभए अनुसार आफ्नो आचार्यलाई नै आफ्नो सर्वोपरि मान्नु पर्दछ ।
  • शिष्यले आफ्नो आचार्यको जीवन यापनमा सहयोग गर्नुपर्दछ ।
  • श्रीवरवरमूनी स्वामीजीले उपदेश रत्नमाला ग्रन्थमा उल्लेख गर्नुभए अनुसार यस संसारमा आफ्नो आचार्य रही रहँदा सम्म शिष्यले एक क्षण पनि आचार्यबाट टाढा हुनु हुँदैन ।
  • आचार्यको उपस्थितिमा शिष्यले सदा आचार्यको मंगलाशासन गर्नुपर्दछ र आचार्यले प्रदान गर्नुभएको अमूल्य शिक्षाको लागि आचार्य प्रति सदा ऋणी रहनु पर्दछ ।

शिष्यले आचार्यको आत्मरक्षण गर्नुलाई पनि अनुचित मानिएको छ । अर्थात शिष्यले कदापि आचार्यलाई स्वरुप शिक्षा दिनु हुँदैन र आचार्यले पनि शिष्यको देह रक्षण गर्नुलाई अनुचित मानिएको छ । अर्थात शिष्यले कदाचित आफ्नो आचार्यबाट जीवीकोपार्जनको लागि अर्थको अपेक्षा गर्नु हुँदैन ।

श्रीलोकाचार्य स्वामीजीले बताउनुभए अनुसार शिष्य बन्नु सजिलो कार्य होइन र हामीले जति नै ज्ञान प्राप्त गरेता पनि हामीलाई शिष्टाचार सम्बन्धी विषयको धेरै जानकारी हुँदैन । जीवात्माहरुसंग शिष्टाचार सम्बन्धी ज्ञान नभएको कारणले नै भगवानले नर ऋषीको रुपमा अवतार लिनुभयो र नारायण ऋषीको शिष्य बनी अष्टाक्षरी महामन्त्रको ज्ञान प्राप्त गर्नुभयो । नारायण ऋषी पनि भगवानकै अवतार हुनुहुन्छ । भगवानले बद्री नारायण क्षेत्रमा नर नारायणको रुपमा अवतार लिनुको मुख्य कारण हो जीवात्माहरुलाई कसरी असल शिष्य बन्न सकिन्छ भनेर देखाउनु हो ।

अब हामी आचार्यलाई विभिन्न भागमा वर्गीकरण गरी सो को चर्चा गर्दछौं ।

अनुवृत्ति प्रसन्नाचार्य र कृपा मात्र प्रसन्नाचार्य

अनुवृत्ति प्रसन्नाचार्य

श्रीरामानुज स्वामीजी महाराजको समय भन्दा अघि आचार्यहरुले शिष्यहरुलाई स्वीकार गर्नुभन्दा अगाडि ति सम्भावित शिष्यहरुको परिक्षण गर्नुहुन्थ्यो । त्यसबेला आचार्यबाट शिष्यको रुपमा स्वीकार गरिनका लागि शिष्यहरुले आचार्यको निवासमा जानै पर्ने र आचार्यको १ वर्षसम्म नित्य सेवा गर्नै पर्ने नियम थियो ।

कृपा मात्र प्रसन्नाचार्य

आचार्यहरुले माथि उल्लेखित नियमहरुको पालना पश्चात मात्र शिष्यहरुलाई स्वीकार गर्दा धेरै जीवात्माहरुले शिष्यको योग्यताको अभावमा आचार्यबाट तिरस्कृत हुनु पर्ने र तत्पश्चात जीवात्माहरु सांसारिक सम्बन्धहरु त्यागी मोक्ष प्राप्त गर्न निरुत्साहित हुन सक्ने विषय श्रीरामानुज स्वामीजीले अनुभव गर्नुभयो । जीवात्माहरु माथि अपार करुणा राख्दै श्रीरामानुज स्वामीजीले यस नियमलाई केहि सरल बनाउनु भयो । श्री रामानुज स्वामीजीले भगवत विषयको ज्ञान राख्न चाहने जो कोहीलाई पनि आफ्नो शिष्यको रुपमा स्वीकार गर्दै श्रीवैष्णव सम्प्रदायको अपार ज्ञानको प्रचार प्रसार गर्नुभयो । श्रीरामानुज स्वामीजीले शिष्य बन्नको लागि आवश्यक योग्यतालाई सरलीकृत गर्नुभयो । योग्य भन्दापनि इच्छुकहरुलाई शिष्यको रुपमा स्वीकार गर्न थालियो । श्रीरामानुज स्वामीजीले आफ्ना सबै शिष्यहरुलाई यहि नियम अनुशरण गर्न निर्देशन दिनुभयो र आफ्नो अपार कृपाद्वारा हजारौं जीवात्माहरुलाई यस श्रीसम्प्रदायमा दीक्षीत गराउनु भयो । त्यसैले श्रीरामानुज स्वामीजी देखि सबै आचार्यहरुलाई कृपामात्र प्रसन्नाचार्य भनिन्छ ।

यस विषयलाई श्रीवरवरमुनी स्वामीजीले उपदेश रत्न माला ग्रन्थमा यसरी उल्लेख गर्नुभएको छ । “ओराण वलियाय् उपदेशित्तार् मुन्नोर् एरार् एतिराजर् इन्नरुलाल् पार् उलगिल् आशै उडैयोर्केल्लाम् आरियर्गाल् कूरुम् एन्रु पेशि वरम् परुत्तार् पिन् ”

उद्दारक अाचार्य र उपकारक अाचार्य

चरम उपाय निर्णय ग्रन्थमा नायनाराच्चान पिल्लै स्वामी दुई प्रकारका अाचार्यहरुकाे वर्णन गर्नुहुन्छ । यस ग्रन्थले श्रीरामानुज स्वामीकाे ख्यातिलाई सुस्पष्ट पार्दछ ।

उद्दारक अाचार्य

जीवात्मालाई यस संसारबाट माेक्ष प्राप्तिका लागि यस संसारबाट सजिलै परमपद वैकुण्ठ सम्म पुर्याउन सामर्थ्य राख्ने अाचार्यलाई उद्दारक अाचार्य भनिन्छ । तीन उद्दारक अाचार्यहरुमा भगवान श्रीमन्नारायण, श्री शठकाेप स्वामीजी र श्रीरामानुज स्वामीजी पर्नुहुन्छ । उहाँहरुकाे अलावा श्री वरवरमुनी स्वामीजी पनि उद्दारक अाचार्य हुनुहुन्छ किनकि उहाँ श्रीरामानुज स्वामीजीकै पुनरावतार हुनुहुन्छ भनी श्री एरुम्बि अप्पा अाफ्नाे वरवरमुनी शतक ग्रन्थमा अाज्ञा गर्नुहुन्छ ।

  • श्रीमन्नारायण प्रथमाचार्य हुुनुहुन्छ । उहाँ सर्वज्ञ, सर्वशक्तिवान अादि हुनुभएकाले सजिलै माेक्ष प्रदान गर्न सक्नुहुन्छ ।

श्रीरंगनाथ – श्रीरंगम्

  • श्रीशठकाेप स्वामीजीलाई भगवानले संसारी जीवात्मा हरुलाई ज्ञान प्रदान गर्न र सुमार्गमा ल्याउनकाे लागि चयन गर्नुभएकाे हुँदा उहाँ (श्रीशठकाेप स्वामीजी) माेक्ष प्रदान गर्न सक्षम हुनुहुन्छ । यस विषयलाई सहस्रगीतिमा उहाँकै शब्दबाट पनि बुझ्न सकिन्छ । “पाेन्नुलगु अालिराे भुवनि मुञुतु अालीराे” । श्रीशठकाेप स्वामीजीले चराहरु दुत बनाई भगवान समक्षा खबर पठाउँदै गर्दा  भन्नुहुन्छ कि उहाँ (श्रीशठकाेप स्वामीजी) जीवात्माहरुलाई भगवानमा सिफारिश गरे पश्चात नित्य विभुती र लीला विभुती दुबै प्रदान गर्न सक्नुहुन्छ ।
  • श्रीरामानुज स्वामीजीलाई भगवान श्रीरंगनाथ र श्रीनिवासले उडयवर अर्थात दुवै विभुतिका नियन्त्रक भनि घाेषणा गर्नुभएकाे छ । श्रीरामानुज स्वामीजी भगवद अनुभवमा मग्न हुनुका साथै यस लिलाविभुतिमा पनि १२० वर्ष सम्म रहेर भगवानकाे कैंकर्य पूर्णरुपमा गर्नुभयाे । श्रीस्वामीजीले मन्दिरहरुमा अाराधना पद्दतिलाई विधिवत गर्नुभयाे हजाराैं शिष्यहरुलाई दीक्षा प्रदान गर्नुभयाे एवं श्रीसम्प्रदायकाे प्रचारका लागि ७४ सिंहाशनाधिपतिहरुकाे स्थापन गर्नुभयाे ।
श्रीरामानुज स्वामीजी – भुतपुरी

श्रीरामानुज स्वामी शास्त्र अनुसार व्यवहार गर्नुहुन्छ । उहाँ जीवात्माकाे ईच्छा र कर्म अनुसार जीदवात्माहरुलाई माेक्ष प्रदान गर्नुहुन्छ वा यसै संसारमा राख्नुहुन्छ । त्यसैले नायनाराच्चान पिल्लै स्वामीजी याे निर्णय गर्नुहुन्छ कि श्रीरामानुज स्वामीजी नै पूर्ण उद्दारक अाचार्य हुनुहुन्छ ।

श्रीशठकाेप सुरी अाल्वारले यस ज्ञान प्राप्त गरे पश्चात संसारहरुलाई केहि उपदेश (दिव्य प्रबन्ध उपदेश) गरेर भगवद अनुभवमा यति मग्न हुनुभयाे कि उहाँले सानै उमेरमा यस संसारकाे परित्याग गर्नुभयाे ।

श्रीरामानुज स्वामीजीले परम कृपाद्वारा माेक्ष चाहने मुमुक्षुहरुलाई माेक्ष प्रदान गरी भगवानकाे सेवामा पठाउनु भयाे ।

त्यसैले नायनाराच्चान पिल्लै स्वामीजी याे निर्णय गर्नुहुन्छ कि श्रीरामानुज स्वामीजी नै पूर्ण उद्दारक अाचार्य हुनुहुन्छ ।

उपकारक अाचार्य

जीवात्माहरुलाई उद्दारक अाचार्य समक्ष नेतृत्व गर्न सक्षम अाचार्यहरुलाई उपकारक अाचार्य भनिन्छ । श्रीसम्प्रदायमा श्रीरामानुज सम्बन्ध अन्तर्गतका हाम्रा अाचार्यसम्मका सबै अाचार्य परम्परालाई उपकारक अाचार्य भनिन्छ । हामीलाई पञ्चसंस्कारबाट दीक्षित गराउने समयमा हाम्राे अाचार्यले श्रीरामानुज स्वामीजी समक्ष अाफ्नाे गुरुपरम्परा द्वारा हामीलाई भगवान समक्ष मुमुक्षुकाे रुपमा पुर्याउनकाे लागि अनुराेध गर्नुहुन्छ ।

उद्दारक अाचार्य र उपकारक अाचार्य दुबै बराबर सम्माननीय हुनुहुन्छ यद्यपि श्रीरामानुज स्वामीजीकाे श्रीसम्प्रदायमा विशेष स्थान छ । श्रीवरवरमुनी स्वामीजी अाफ्नाे उपदेश रत्नमाला ग्रन्थकाे सुरुवात श्रीशैलेश स्वामीजीकाे तनियनबाट गरी श्रीरामानुज स्वामीजीकाे तनियनबाट अन्त्य गरी हामीलाई वास्तविक पद्दतिकाे ज्ञान दिनुहुन्छ ।

समाश्रयण अाचार्य र ज्ञान अाचार्य

  • समाश्रयण अाचार्यले हामीलाई पञ्चसंस्कार गराउनुहुन्छ ।
  • ज्ञान अाचार्यबाट हामी सम्प्रदाय सम्बन्धि ग्रन्थ कालक्षेप अादि सुनेर हाम्राे अात्म ज्ञानकाे विकास गर्छौं ।

हामी हाम्राे समाश्रयण अाचार्य प्रति सदैव कृतज्ञ एव‌ं उहाँकाे कृपा प्रति ऋणी रहन्छौं एवं उहाँप्रति हामी पूर्ण रुपमा समर्पित रहन्छौं त्यसैगरी ज्ञान अाचार्य प्रति पनि बराबरकाे सम्मान हुनुपर्छ। कसैकाे त समाश्रयण गराउने अाचार्य र ज्ञान प्रदान गर्ने अाचार्य एकै हुनुहुन्छ । श्रीवचन भुषण ग्रन्थ अनुसार त सबै श्रीवैष्णवहरु प्रति अाचार्यकाे भावना राखी अाचार्य सरीनै सम्मान गर्नुपर्छ ।

संक्षेपमा भन्नुपर्दा शिष्य अाफ्नाे अाचार्य प्रति सधै‌ निर्भर रहनु पर्छ । शिष्यले अाचार्यकाे दैनिक जीवीकाकाे पनि दायित्व वहन गर्नुपर्छ । अाचार्यकाे सान्निध्यमा निरन्तर रहनु पर्छ र उहाँकाे अावश्यकतालाई सघाउनु पर्छ ।

हाम्रा पूर्वाचार्यहरुकाे जीवनीबाट अाचार्य शिष्य सम्बन्धमा केहि अद्भुत उदाहारणहरु सिक्न पाईन्छ । केहि उदाहारणहरु यस प्रकार छन् ।

  • श्रीराममिश्र स्वामीजीले अाफ्नाे अाचार्य श्रीपुण्डरीकाक्ष स्वामीजीकाे घरेलु निवासमा कैंकर्य गर्नुहुन्थ्याे ।
  • श्रीराममिश्र स्वामीजीकाे परिपूर्ण प्रयत्नबाट श्रीयामुनाचार्य स्वामीजी श्रीसम्प्रदायमा प्रवेश गर्नुभयाे ।
  • श्रीरामानुज स्वामीजी अाचार्य भएर पनि अाफ्नाे शिष्य श्रीकूरेश स्वामीजीकाे धेरै सम्मान गर्नुहुन्थ्याे ।
  • कुनै समयमा श्रीरामानुज स्वामीजी श्रीकूरेश स्वामीजी संग केहि कारणले अप्रसन्न हुनुभएकाे बेलामा श्रीकूरेश स्वामीजीले दास त श्रीरामानुज स्वामीजीकाे धन बस्तु हाे दास माथि श्रीस्वामीजीकाे पूर्ण अधिकार भएकाे हुनाले श्रीस्वामीजीले दास प्रति इच्छानुसार व्यवहार गर्न सक्नुहुन्छ ।
  • श्रीगाेविन्दाचार्य स्वामीजी अाफ्नाे अाचार्य शयन गर्नुपुर्व अाचार्यकाे खाटमा पहिला अाफु सुतेर खाटकाे परिक्षण गर्नु हुन्थ्याे । कसैले यसाे गर्दा पाप लाग्ला कि भनेर साेध्दा श्रीगाेविन्दाचार्य स्वामीजीले भन्नुहुन्थ्याे कि अाचार्य सुत्ने खाट सजिलाे छ कि छैन भनेर परिक्षण गर्दा पाप लाग्याे भने पनि लागाेस् तर मेराे अाचार्यले अानन्दले शयन गरेकाे म हेर्न चाहन्छु ।
  • श्रीरामानुज स्वामीजीले श्रीअनन्ताल्वान स्वामीजीसंग भन्नु भयाे कि श्रीपराशर भट्टर स्वामी मेरै समान हुनुहुन्छ र श्रीभट्टर स्वामीजीलाई मलाई सरहनै सम्मान गर्नु ।
  • श्रीभट्टर स्वामीजी र श्रीवेदान्ति स्वामीजीकाे बिचमा उत्कृष्ट वार्ता भएकाे पाईन्छ । श्रीवेदान्ति स्वामीजीले अाफ्नाे अाचार्य श्रीभट्टर स्वामीजीकाे सेवा गर्नकाे लागि गृहस्थाश्रम परित्याग गरि सन्यासी बन्नुभयाे । यदि मेराे सन्यासाश्रमले मेराे अाचार्यकाे सेवामा बाधा पुर्यायाे भने म मेराे त्रिदण्ड भाँचिदिन्छु भनेर श्रीवेदान्ति स्वामीजी भन्नुहुन्थ्याे ।
  • श्रीवेदान्ति स्वामीजीले श्रीकलिवैरिदास स्वामीजीकाे धारणालाई सधैं नै प्राेत्साहित गर्नुहुन्थ्याे यद्यपि श्रीकलिवैरिदास स्वामीजीका केहि व्याख्यानहरु श्रीश्रीवेदान्ति स्वामीजीकाे व्याख्यानसंग कहिलेकाँहि मिल्दैनथ्याे ।
  • पिनबलगिय पेरुमाल जीयर स्वामीजी अाफ्नाे अाचार्य श्रीकलिवैरिदास स्वामीजी कावेरी स्नान गरेर फर्कदा देखिने उहाँकाे ढाडकाे दर्शन गर्नकाे लागि मात्रै पनि यसै लिलाविभुतिमा बस्ने ईच्छा प्रकट गर्नुहुन्थ्याे ।
  • श्रीकूरकुलाेत्तम दासर स्वामीजीकाे ठुलाे प्रयत्नबाट श्रीशैलेश स्वामीजी श्रीसम्प्रदायमा प्रवेश गर्नुभयाे ।
  • श्रीवरवरमुनी स्वामीजीले अाफ्नाे अाचार्य श्रीशैलेश स्वामीजीकाे अादेशलाई नै अाफ्नाे एकमात्र उद्देश्य मान्नुहुन्थ्याे । श्रीवरवरमुनी स्वामीजीले एक पटक श्रीभाष्य अध्ययन गर्नुभयाे र श्रीभाष्यकाे व्याख्यान गर्नुभयाे तर अाफ्नाे जीवनकाे पुरा समय अरुलिचेयल दिव्य प्रबन्ध र रहस्य ग्रन्थमा केन्द्रीत गर्नुभयाे ।
  • भगवान श्रीरंगनाथले श्रीदेवी भूदेवीका साथ श्रीवरवरमुनी स्वामीजीबाट उहाँकै सन्निधिमा एक वर्षसम्म ईडु कालक्षेप श्रवण गर्नुभयाे र भगवानले  श्रीवरवरमुनी स्वामीजीलाई अाफ्नाे अाचार्य मानी अाफ्नाे शेष पर्यंक संभावनाकाे रुपमा प्रदान गर्नुभयाे । श्रीभगवानले श्रीवरवरमुनी स्वामीजीलाई अाँफैले तनियन प्रदान गर्नुभयाे जुन तनियन भगवानै अादेशानुसार अाजपनि हरेक श्रीवैष्णव गाेष्ठीमा गुरुपरम्पराकाे पारायणमा र दिव्यप्रबन्धकाे प्रारम्भ र अन्त्यमा उक्त तनियनकाे पाठ गरिन्छ ।
  • श्रीवरवरमुनी स्वामीजीले अाफ्नाे अासन शंख एवं चक्र अाफ्नाे अतिप्रिय शिष्य श्रीवानमामलै जीयर स्वामीलाई प्रदान गर्नुभयाे र श्रीअप्पाचियारण्णालाई पञ्चसंस्कार गराउनकाे लागि निर्देश गर्नुभयाे । त्यसैले अाज पनि श्रीवानमामलै जीयस स्वामीजीलाई साक्षात वरवरमुनी स्वामीजीकै सम्मान हरेक श्रीवैष्णव गाेष्ठीमा प्राप्त हुन्छ ।

अाचार्य शिष्य सम्बन्धमा धेरै उदाहरणहर पाईन्छ । माथि हामीले केहि दृष्टान्थहरुकाे चर्चा गर्याैं ।

आल्वार तिरुवडिगले शरणम् ।

एम्पेरुमानार तिरुवडिगले शरणम् ।
जीयर तिरुवडिगले शरणम् ।
श्री वानमामलै रामानुज जीयर तिरुवडिगले शरणम् ।।

अडियन् प्रमोद रामानुज दास (नेपाल)

श्रोत – http://ponnadi.blogspot.com/2015/12/simple-guide-to-srivaishnavam-acharya-sishya.html

archived in https://srivaishnavagranthamsnepali.wordpress.com/

प्रमेय (लक्ष्य) – http://koyil.org
प्रमाण (शास्त्र) – http://granthams.koyil.org
प्रमाता (आचार्य) –  http://acharyas.koyil.org
श्रीवैष्णव बालबालिकाहरुको लागि – http://pillai.koyil.org

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s