श्रीवैष्णव सम्प्रदाय मार्गदर्शन – सन्दर्भ सुची

श्रीः श्रीमते शठकोपाय नमः  श्रीमते रामानुजाय नमः  श्रीमद् वरवरमुनये नमः  श्री वानाचल महामुनये नमः

 

हामीसंग धेरै भाषामा विभिन्न सन्दर्भ सामाग्रीहरु उपलब्ध छन् । केहि सन्दर्भ सामाग्रीहरुका सुचीहरु यस प्रकार छन् ।

साधारण लिंकहरुः

  • http://koyil.org/?page_id=1205 – श्रीवैष्णव वेबसाइट
  • http://acharyas.koyil.org – गुरुपरम्परा वेबसाइट । अंग्रेजी, हिन्दी, कन्नड, तेलुगु तथा तमिल भाषामा अाल्वार अाचार्यहरुकाे जीवनी
  • http://divyaprabandham.koyil.org – विभिन्न भाषामा उल्था गरिएकाे दिव्य प्रबन्धकाे वेबसाइट ।
  • http://pillai.koyil.org/ – श्रीवैष्णव बालबालिकाहरुका लागि ।
  • http://githa.koyil.org – भगवत गीतासंग सम्बन्धित लेखहरु ।
  • http://srivaishNavagranthams.wordpress.com– विभिन्न भाषामा उपलब्ध सम्प्रदाय सम्बन्धि लेखहरु ।
  • http://ponnadi.blogspot.in– अंग्रेजी भाषामा लेखिएका सम्प्रदाय सम्बन्धि लेखहरु ।

विशेष लिंकहरु

यसै साथ यस श्रेणीकाे अन्त्य यहिं गरिन्छ । पाठकहरुबाट प्रश्न तथा सल्लाहकाे अपेक्षा गरिन्छ । कृपया सल्लाहहरु pramod.ramanuja@gmail.com, koyil.org@gmail.com मा सम्प्रेषण गर्नुहाेला । यस दास दक्षिण भारत निवासी युवा स्वामी उ वे श्रीसारथी ताेताद्री स्वामीजी प्रति यस दासलाइ यस कार्यमा प्रेरणा दिनुभएकाे तथा सम्प्रदाय सम्बन्धि ज्ञान सिकाउनु भएकाेमा काेटि काेटि नमन तथा अडियेन प्रकट गर्दछ । साथै श्रीमत्परंशेत्यादि ३० अाैं पीठाधिपति श्रीवानमामलै रामानुज जीयर स्वामी तथा साक्षात वरवरमुनीन्द्र ३१ अाैं पीठाधिपति श्रीवर्तमान वानमामलै स्वामीजी प्रति अनेक अनेक धन्यबाद तथा अडियन ।

श्रीमते रम्यजामातृ मुनीन्द्राय महात्मने ।
श्रीरंगवासिने भूयात नित्यश्रीर्नित्य मंगलम् ।

अाल्वार तिरुवडिगले शरणम् ।
एम्पेरुमानार तिरुवडिगले शरणम् ।
जीयर तिरुवडिगले शरणम् ।
श्री वानमामलै रामानुज जीयर तिरुवडिगले शरणम् ।।

अडियन् प्रमोद रामानुज दास (नेपाल)

श्रोत – http://ponnadi.blogspot.com/2016/01/simple-guide-to-srivaishnavam-references.html

archived in https://srivaishnavagranthamsnepali.wordpress.com/

प्रमेय (लक्ष्य) – http://koyil.org
प्रमाण (शास्त्र) – http://granthams.koyil.org
प्रमाता (आचार्य) –  http://acharyas.koyil.org
श्रीवैष्णव बालबालिकाहरुको लागि – http://pillai.koyil.org

Advertisements

श्रीवैष्णव सम्प्रदाय मार्गदर्शन – दैनिक जीवनमा गर्नुपर्ने कार्यहरु

श्रीः श्रीमते शठकोपाय नमः  श्रीमते रामानुजाय नमः  श्रीमद् वरवरमुनये नमः  श्री वानाचल महामुनये नमः

श्रीवैष्णव सम्प्रदाय मार्गदर्शन

<< अपचार

श्रीवैष्णवहरुले तलका बुँदाहरु राम्राेसंग मनन गर्दै उक्त बुँदाहरुकाे दैनिक जीवनमा पालना गर्नुपर्छ ।

 

१‍ श्रीवैष्णवहरुकाे वर्ण, अाश्रम, ज्ञान जे।जस्ताेसुकै भए पनि हरेक श्रीवैष्णवहरुलाई अादर तथा सम्मान गर्नुपर्छ । भगवानले हामीबाट यहि नै अपेक्षा गर्नुहुन्छ ।

२ अहमता र घमण्ड रहित सादा जीवन जीउनु पर्छ । हामीले अात्मा र परमात्माकाे प्रकृति बुझ्याै‌ं भने हामीमा कदापि अहमता अाँउदैन ।

३ अाफ्नाे अाचार्यसंग नित्य अन्तरक्रिया गर्नुपर्छ । सकेसम्म अाफ्नाे अाचार्यलाई शारीरिक, मानसिक तथा अार्थिक रुपले यथासक्य सहयाेग गर्नुपर्छ ।

४ अाफ्नाे वर्ण तथा अाश्रमकाे नियमानुसार स्नान, उर्ध्व पुण्ड्र धारण, सन्ध्यावन्दन अादि नित्य कर्म अनुष्ठानहरु गर्नुपर्छ । नित्य कर्म अनुष्ठानले नै अान्तरिक तथा बाह्य शुद्दिका साथै हामीलाई ज्ञान प्रदान गर्दछ ।

५ प्रष्ट देखिने श्री तिलक नित्य धारण गर्नुपर्दछ किनकी श्रीतिलक नै हाम्राे पहिचान हाे । कुनै लाज मान्नुपर्ने अावश्यक छैन ।

६ श्रीवैष्णवले लगाउने परम्परागत कपडा धारण गर्नुपर्दछ । हामी काे हाैं , के हाैं र हाम्राे पूर्वाचार्यहरुले दिनुभएकाे संस्कार के हाे । यसमा लाज मान्नु हुँदैन ।

७ भगवान श्रीमन्नारायण, अाल्वार तथा अाचार्य बाहेक अन्य देवि देवताहरुकाे अाराधना तथा महिमा गान गर्नै हुँदैन । याे नै हाम्रा पूर्वाचार्यहरुले हामीलाई सिकाउनु भएकाे मुख्य सिद्दान्त हाे । हाम्राे र भगवानकाे सम्बन्ध श्रीमान र श्रीमतिकाे सम्बन्ध जस्ताे हाे । हामी जीवात्मा स्त्रीलिंग र भगवान एकमात्र पुरुष हाेइबक्सन्छ । त्यसैले अन्य देवि देवाताकाे अारधना गर्नै हुँदैन ।

८ अाफ्नाे घरमा नित्य भगवान सेवा गर्नु पर्छ । भगवानले हामीमाथि अकारण करुणा राख्दै हाम्राे सेवा लिन हाम्राे घरमा पाल्नु भएकाे छ । त्यसैले घरमा भगवान सेवा नगर्दा भगवान खिन्न हुनुहुन्छ र यसले हाम्राे र भगवानकाे सम्बन्धमा दरार ल्याउँछ । हामी यात्रामा अन्यत्र जाँदा समेत घरकाे भगवानलाई साथै लिएर जानु पर्छ अथवा त्यसाे गर्न नसके काेहि प्रपन्न श्रीवैष्णवलाई भगवान सेवाकाे जिम्मा दिनुपर्छ तर भगवानलाई घरमा थुनेर अाफु यात्रामा जानु हुँदैन । भगवान सेवा सम्बन्धि विस्तृत लेखका लागि याे लिंकमा जानुहाेला । http://ponnadi.blogspot.in/2012/07/srivaishnava-thiruvaaraadhanam.html.

९ अाफ्नाे वर्ण र अाश्रम अनुसार शास्त्रले निर्देश गरे बमाेजिमकाे भाेजन अनिवार्य भगवान, अाल्वार तथा अाचार्यहरुलाई भाेग लगाएर मात्र ग्रहण गर्नुपर्छ । भगवानलाई भाेग नलगाएकाे केहि पनि पदार्थ ग्रहण गर्नुहुँदैन । अाहार नियम सम्बन्धि यस लिंकमा थप जानकारी पाउन सकिन्छ ।http://ponnadi.blogspot.in/2012/07/srivaishnava-aahaara-niyamam_28.html and http://ponnadi.blogspot.in/2012/08/srivaishnava-ahara-niyamam-q-a.html.

१० श्रीवैष्णवहरुकै संगत गरि सम्प्रदाय सम्बन्धि विषयहरुकाे चर्चा गर्नुपर्छ र अाध्यात्मिक प्रगतिकाे पथमा लाग्नु पर्छ ।

११ सके सम्म दिव्य देशहरु एवं अाल्वार अाचार्यहरुका अवतार तथा अभिमान स्थलहरुमा नित्य वास गरि सेवा गर्नुपर्छ र यदि याे सम्भव छैन भने उक्त स्थानहरुकाे निरन्तर भ्रमण गरि भविष्यमा उक्त स्थानहरुमा सेवा गर्ने याेजना बनाउनु पर्छ ।

१२ दिव्य प्रवन्धहरु हाम्राे जीवनकाे अभिन्न अंग हुनुहुन्छ । दैनिक दिव्य प्रवन्ध पाठ गर्ने, पूर्वाचार्यहरुले गर्नुभएकाे दिव्य पबन्धका व्याख्याहरु अनुसन्धान गर्ने र दिव्य पबन्धका सिद्दान्तहरुलाई दैनिक जीवनमा अनुसरण गर्नु नै श्रीवैष्णवकाे सच्चा लक्षण हाे । दिव्य प्रबन्धकाे अनुसन्धानले हामीलाई संसारबाट माेह भंग गराई भगवान र भागवत प्रति नजिक ल्याउँछ ।

१३ हाम्रा पूर्वाचार्यहरुकाे जीवनि नै हाम्रालागि प्रेरणाकाे श्राेत हाे । उहाँहरुले सारा जीवन सारा जीवात्माहरुकाे कल्याणमा लगाउनु भयाे र अाज हामीलाई अाइपर्ने सारा दुख तथा अप्ठ्यारा क्षणहरुकाे समाधान समेत उहाँहरुकाे जीवनिकाे अध्ययनले सिकाउँछ ।

१४ पूर्वाचार्यहरुकाे लेख तथा भाष्यहरुकाे अध्ययन गर्नुपर्छ । पूर्वाचार्यहरुका वेद वेदान्त, स्ताेत्र ग्रन्थ, दिव्य प्रबन्ध अादिका व्याख्यानहरुकाे अध्ययनमा दैनिक केहि समय छुट्याउनै पर्छ । हाम्राे सम्प्रदाय सम्बन्धि सारा जानकरीका लागि यस लिंकमा जानुहाेला । (http://koyil.org/index.php/portal/)

१५ हाम्राे सम्प्रदायकाे अाधारभुत तथ्यहरु जान्नका लागि विद्वानहरुबाट नित्य कालक्षेप सुन्नुपर्छ । अाजकल विद्युतिय माध्यमबाट विभिन्न विद्वानहरुका कालक्षेप सुन्न पाईन्छ । घरमा अाजकल विद्युतिय माध्यमबाट कालक्षेप सुन्दा समेत साक्षात अाचार्यकै समिपमा बसेर सुनिरहेकाे भावना गर्दै शुद्दाशुद्दिमा ध्यान दिनुपर्छ ।

१६ सधैं नै कुनै न कुनै कैंकर्यमा लाग्नु पर्छ । शास्त्रकाे अनुसार कैंकर्य बिनाकाे भक्तिकाे कुनै अर्थ हुँदैन । शारीरिक, मानसिक, अार्थिक तथा बाैदिक रुपमा भगवान, अाल्वार तथा अाचार्यहरुमा कैंकर्य गर्नुपर्छ । कैंकर्य गर्ने धेरै तरिका हुन्छन् । नित्य केहि न केहि कैंकर्य गरि भगवान र भागवतहरुकाे सत्संगमा रहनुपर्छ ।

१७ भागवत तथा अन्य व्यक्तिहरुलाई भगवान, अाल्वार तथा अाचार्यकाे बारेमा अाफुलाई जानकारी भए सम्म ज्ञान दिनुपर्छ । यसरी नित्य सम्प्रदाय सम्बन्धि वार्तालाप गर्दा सुन्ने र सुनाउने दुबैकाे ज्ञान बढ्दछ । हाम्रा पूर्वाचार्यहरुले सारा जीवन ज्ञान प्रदान गरी बिताउनु भयाे । याे हाम्राे पनि दायित्व हाे कि हामीले सम्प्रदायकाे ज्ञान हाम्रा ईष्टमित्र तथा अन्य सबैलाई बाँडाैं ।

१८ अन्तमा हामी सबैले परम पदमा भगवान श्रीपरवासुदेवकाे ध्यान गर्दै जीवन यापन गर्नुपर्छ । एक सच्चा श्रीवैष्णवले कदापि मृत्यु देखि डराउनु हुँदैन किनकी परम पदमा हामीले नित्य सेवाकाे अवसर पाउँछाैं । हाम्रा अाल्वार तथा अाचार्यहरुले यस लाेकमा नित्य भगवानकाे सेवा गर्नु भयाे र परम पदमा पुगे पश्चात पनि साेहि सेवा गर्न पाउने अभिलाषा राख्नुभयाे ।

अाल्वार तिरुवडिगले शरणम् ।

एम्पेरुमानार तिरुवडिगले शरणम् ।
जीयर तिरुवडिगले शरणम् ।
श्री वानमामलै रामानुज जीयर तिरुवडिगले शरणम् ।।

अडियन् प्रमोद रामानुज दास (नेपाल)

श्रोत – http://ponnadi.blogspot.in/2016/01/simple-guide-to-srivaishnavam-important-points.html

archived in https://srivaishnavagranthamsnepali.wordpress.com/

प्रमेय (लक्ष्य) – http://koyil.org
प्रमाण (शास्त्र) – http://granthams.koyil.org
प्रमाता (आचार्य) –  http://acharyas.koyil.org
श्रीवैष्णव बालबालिकाहरुको लागि – http://pillai.koyil.org

श्रीवैष्णव सम्प्रदाय मार्गदर्शन – अपचार

 श्रीः श्रीमते शठकोपाय नमः  श्रीमते रामानुजाय नमः  श्रीमद् वरवरमुनये नमः  श्री वानाचल महामुनये नमः
चांडिली – गरुडजीकाे दृष्टान्त (जब गरुडजी महाराजले चांडिली किन दिव्य देशमा निवास नगरेर यस्ताे क्षुद्र स्थानमा बसेकी हाेलिन् भनेर साेच्नु हुन्छ त्यति नै बेला गरुडजी महाराजकाे पखेटामा अागाे लाग्छ । )
यस लेखमा हामी विभिन्न प्रकारका अपचारहरुका बारेमा चर्चा गर्नेछाैं जुन अपचार श्रीवैष्णवहरुले गर्नै हुँदैन ।
श्रीवैष्णवहरुकाे लागि शास्त्र मुख्य अाधार हाे किनकि हामी हरेक दैनिकी कार्य गर्दा शास्त्र अनुसार नै गर्छाैं । शास्त्रले हामीलाई विधि र निषेधकाे बारेमा दिशानिर्देश गर्दछ । प्राथमिक रुपमा शास्त्रले हामीलाई नित्य कर्म र नैमित्तिक कर्मकाे बारेमा निर्देशन दिन्छ र चाेरी, अरुकाे धन प्रतिकाे ईर्ष्या तथा हिंसा जस्ता कुकर्महरुबाट टाढा राख्दछ । हाम्रा पूर्वाचार्यहरुले शास्त्रकाे सारलाई हामीहरुकाे लागि एकिकृत गर्नुभएकाे छ ।

श्रीवचन भूषण दिव्य शास्त्रकाे सूत्र ३०० देखि ३०७ मा श्रीपिल्लै लाेकाचार्य स्वामीजी अाज्ञा गर्नुहुन्छ कि श्रीवैष्णवहरुले निम्न ४ कार्यहरु गर्नै हुँदैन ।

  • अकृत्य करणम – शास्त्रले वर्जित गरेका कार्यहरु नगर्ने
  • भगवत अपचार – भगवानकाे विषयमा अपचार
  • भागवत अपचार – भक्त भागवतहरुकाे विषयमा गरिने अपचार
  • असह्य अपचार – भगवत/भागवत विषयमा अकारण नै गरिने अपचार

यी अपचारहरुलाई एक एक गरी हेराैं ।

अकृत्य कारण

शास्त्रले हामीलाई निम्न लिखित कुराहरुबाट टाढा रहन निर्देश गर्दछ ।

  • पर हिंसा – अरु सजीव जीव जन्तुहरुलाई दुःख दिने । एउटा बिरुवा वा सानाे कमिलालाई पनि दुःख दिनु शास्त्रमा वर्जित छ ।
  • पर स्ताेत्र – भगवानले हामीलाई उहाँकै र भक्त भागवतहरुकाे गुणगान गाउनकाे लागि बाेल्न सक्ने बनाउनु भएकाे हाे । हामीले कदापि अवैष्णवहरुकाे गुणगान गाउनु हुँदैन ।
  • पर धारा परिग्रह – अरुकी स्त्रीलाई गलत नियतले हेर्नु हुँदैन ।
  • पर द्रव्य अपहार – अरुले ईच्छाले नदिए सम्म हामीले अरुकाे सम्पत्ति लिनु हुँदैन ।
  • असत्य कथन – झुठाे बाेल्ने ।
  • अपक्ष्य पक्ष्यणम् – तीन प्रकारका दाेषहरुले युक्त खाना जस्तै जाति दाेष(प्राकृतिक दाेष), अाश्रय दाेष र निमित्त दाेष भएकाे खाना  स्वीकार नगर्ने । अाहार नियमकाे लागि याे लिंकमा जानुहाेला । (http://ponnadi.blogspot.in/2012/07/SrIvaishNava-AhAra-niyamam_28.html)
  • मनु स्मृतिले बर्जित गरेका अन्य कार्यहरु गर्नु हुँदैन ।

श्रीवैष्णवहरुले सामान्य शास्त्र विधिकाे पालना गर्नै पर्छ र निषेधित विषयहरु त्याग्नु पर्दछ ।

भगवत अपचार

श्रीपिल्लै लाेकाचार्य स्वामीजी अर्काे निषेधित विषयकाे चर्चा गर्नुहुन्छ, त्याे हाे भगवत अपचार । श्रीलाेकाचार्य स्वामीजीले यसकाे बारेमा विस्तारमा वर्णन गर्नुहुन्छ र श्रीवरवरमुनी स्वामीजी महाराजले यसमा सुन्दर टिप्पणी समेत गर्नुभएकाे छ ।

  • भगवानलाई अरु देवी देवता सरह मान्नु ठुलाे अपचार हाे । श्रीवैष्णवहरुले के बुझ्नु पर्दछ भन्दा भगवान सर्वेश्वर हुनुहुन्छ, भगवान सबैकाे (ब्रम्हाजी, शिवजी, इन्द्रादि देवताहरु) मालिक हुनुहुन्छ र उहाँ अन्तर्यामी हुनुहुन्छ । भगवान भन्दा अरु काेही ठुलाे छैन न त भगवानकाे बराबर नै काेहि छ । त्यसैले हामीले अन्य देवताहरुकाे विषयमा अल्झिनु हुँदैन ।
  • भगवानकाे रामकृष्णादि अवतारहरुलाई साधारण वा असाधारण पुरुष मान्नु पनि ठुलाे अपचार हाे । भगवान अाफ्नाे सम्पूर्ण गुणहरु सहित श्रीवैकुण्ठबाट यस धरातलमा अवतार लिनुहुन्छ । भगवान कुनै महिलाकाे गर्भमा प्रवेश गर्नुहुन्छ, कुनै खास दिनमा जन्मनु हुन्छ, वनबास जस्ताे घाेर दुःख सहनु हुन्छ । याे उहाँकाे लीला हाे । यद्यपि भगवान कुनै कर्ममा बाधिनु हुन्न । भगवानले याे लीला संसारी जीवात्माहरुकाे उद्दारकाे लागि गर्नुहुन्छ । हामीले कदापि भगवानलाई अन्य मानव जस्ताे सम्झनु हुन्न ।
  • वर्णाश्रमकाे नियम र सीमालाई अवज्ञा गर्नु अर्काे ठूलाे भुल हाे । वर्ण र अाश्रमकाे नियमलाई हामीले मान्नै पर्दछ । भगवान भन्नुहुन्छ “श्रुति स्मृतिर्मम एव अाज्ञाअाज्ञा छेदी मम द्राेही, मद्भक्ताेपि न वैष्णवः ” अर्थात श्रुति र स्मृति मेराे अाज्ञा हाे, जसले श्रुति र स्मृति मान्दैन त्याे द्राेही हाे र त्याे भक्त भएता पनि वैष्णव हुन सक्दैन । यसकाे उदाहरण श्रीवरवरमुनि स्वामीजी महाराजले दिनुभएकाे छ जस्ताे चतुर्थ वर्णका श्रीवैष्णवहरुले वैदिक मन्त्र पाठ गर्नु र सन्यासीले पान सुपारी खानु शास्त्र विराेधी छ ।
  • भगवानकाे अर्चा विग्रहलाई उक्त विग्रहमा प्रयाेग भएकाे वस्तुकाे अाधारमा मुल्यांकन गर्नु अर्काे महाभुल हाे । हामीले बुझ्नु पर्दछ कि भगवानले भक्तहरु प्रतिकाे अपार प्रेमकाे कारणले भक्तहरुकाे इच्छानुसारकाे रुप धारण गर्नुहुन्छ । सुनले बनेकाे अर्चा विग्रह राम्राे, ढुंगाले बनेकाे वा चित्रपटकाे विग्रह चै नराम्राे यस्ताे भावना गर्नु भनेकाे महापाप हाे । शास्त्रमा यस अपचारलाई अाफ्नै अामाकाे शुद्दतामा प्रश्न गर्नु बराबरकाे पाप मानिएकाे छ ।
  • हामीले अाफुलाई स्वतन्त्र मान्नु अर्काे ठुलाे अपचार हाे । हाम्राे स्वन्तत्रीय भावनाले भरिएकाे बुद्दि नै सबै पापहरुकाे मुख्य कारण हाे । जीवात्माहरु भगवानकै अधीनमा हुन्छन् स्वतन्त्र कदापि हुँदैनन् भन्ने कुरा हामीले बुझनु पर्दछ ।
  • भगवानका द्रव्य तथा अाभूषणहरु चाेरी गर्नु अर्काे ठुलाे अपचार हाे । भगवानका वस्तुहरु जस्तै भगवानलाई भाेग लगाउन राखिएका वस्तुहरु, भगवानका अाभूषणहरु, वस्त्रादि तथा भगवानका अन्य अचल सम्पत्तिहरुकाे चाेरी गर्नु महापाप हाे ।
  • भगवानका वस्तुहरु चाेरीगर्नेलाई सहयाेग गर्नु पनि अपचार हाे ।
  • चाेरी गरिएका भगवानका वस्तुहरु कदापि स्विकार गर्नु हुँदैन ।
  • शास्त्रमा वर्जित गरिएका अन्य कुराहरु ।

भागवत अपचार

अाफुलाई अन्य श्रीवैष्णवहरु समान सम्झनु मात्र पनि भागवत अपचार हाे ।हामीले अाफुलाई संधै अन्य श्रीवैष्णवहरु भन्दा तल्लाे स्तरमा राख्नु पर्छ । भगवत अपचार भनेकाे हामी भित्रकाे सांसारिक इच्छा तथा काम भावनाले गर्दा श्रीवैष्णवहरुकाे विरुद्दमा जन्माएकाे भावना हाे भनेर श्रीपिल्लै लाेकाचार्य स्वामीजी महाराजले अाज्ञा गर्नुहुन्छ । श्रीवचन भूषण ग्रन्थकाे १९० देखि २०७ सम्मकाे सूत्रमा श्रीपिल्लै लाेकाचार्य स्वामीजी महाराज निम्न बमाेजिमका अादेश दिनुहुन्छ । ति सुत्रहरुका सारांश निम्न बमाेजिम छन् ।

  • श्रीवैष्णवकाे भेष भएका तर भागवत अपचार गर्ने मानिसहरु बाहिर राम्राे देखिने तर भित्र जलेका कपडा जस्ता हुन् । हावा हुरि चल्दा ति कपडा नष्ट भएर जान्छन् ।
  • भगवानका वराह, नरसिंह, रामकृष्णादि अवतारहरु र उक्त अवतारमा भगवानले गर्नुभएका कार्यहरुकाे मूल कारण भनेकाे हिरण्यकश्यपु र रावण जस्ता दुष्टहरुले भगजानका भक्तहरुप्रति गरेका अपचारहरु नै हाे । अाफ्ना भक्तहरु प्रति भएकाे अन्याय भगवानलाई असह्य हुन्छ र यसैकारण भगवानकाे यस धरातलमा अवतार हुन्छ । यस विषयलाई भगवानकै शब्दमा भगवत गीताकाे अवतार रहस्य सम्बन्धी चाैथाे अध्यायमा प्रष्ट पारिएकाे छ । गीता भाष्य र तात्पर्य चन्द्रिका ग्रन्थमा श्रीरामानुज स्वामीजी महाराज र श्रीवेदान्त देशिक स्वामीजी महाराजले यस विषयलाई विस्तारमा उल्लेख गर्नुभएकाे छ ।

श्रीवैष्णवहरुलाई विभिन्न कारणले अनादर गर्नु तथा विभेद गर्नु पनि भागवत अपचार हाे ।

श्रीवैष्णवहरुलाई जन्म तथा जातकाे अाधारमा अनादर तथा विभेद गर्नु त झन महापाप हाे । याे जति पाप त केहि छैन ।

श्रीवैष्णवहरुसंग वार्ता गर्दा हाम्रा पूर्वाचार्यहरु धेरैनै अादर तथा सम्मान देखाउनु हुन्थ्याे । अाचार्यले अाफ्नाे शिष्यलाई बडाे अादर गर्नुहुन्थ्याे । तर अाजकल शिष्यहरुले अाचार्यलाई नै अनादर गरेकाे यस लाेकमा देखिन्छ ।

भागवत अपचारकाे परिणाम निम्न बमाेजिम चर्चा गरिएकाे छ ।

  • त्रिशंकुले अाफ्ना अाचार्य श्री वशिष्ठ महर्षि तथा उहाँका पुत्रसंग सशरीर स्वर्ग जानकाे लागि वर माग्दा अाचार्यले नदिएपछि त्रिशंकुले अाचार्य प्रति क्राेध देखाउँदा श्री वशिष्ठ महर्षिका पुत्रकाे श्रापले त्रिशंकु तत्काल चांडाल भए र उनले धारण गरेकाे जनै चांडालकाे पेटी भयाे । यसै प्रकार श्रीवैष्णवहरुले अाफू उच्चकाेटिकाे हुँदा हुँदै पनि भागवत अपचार गर्नुभयाे भने शास्त्रानुसार कडा भन्दा कडा सजायकाे भागी बन्नु पर्दछ ।
  • भक्तांघ्रिरेणु अाल्वारकाे वचनमा कुनै व्यक्ति ब्राम्हण कुलमा जन्मिएर ब्रम्हाेपदेश पाएर तथा वेद पारायणमा अब्बल भएता पनि उसले एक साधारण श्रीवैष्णव (जसलाई भगवान बाहेक अन्य कुनै शास्त्रकाे ज्ञान छैन ) काे अपचार गर्दछ भने उक्त ब्राम्हण चांडाल बराबर हुन्छ । भागवत अपचार गर्दा पनि ब्राम्हणकाे शारीरिक स्वरुपमा कुनै परिवर्तन अाएन भनेर हामीले साेच्नु हुँदैन । भागवत अपचार गर्दा मानसिक रुपमा ब्राम्हण पतित हुन्छन् ।
  • जब गरुडजी महाराजले चांडिलीकाे अपचार गर्नुहुन्छ उहाँकाे पंख तुरुन्त जल्दछ ।
  • जब पिल्लैप्पिल्लै अाल्वानले निरन्तर भागवत अपचार गर्नुहुन्छ श्रीकुरेश स्वामीजी महाराजले उहाँलाई सम्झाई बुझाई गर्नुभएकाे उदाहरण पनि हामीसंग छ ।

हामीले के बुझ्नु पर्दछ भने जसरी ज्ञान तथा अनुष्ठानकाे अभावमा पनि अाचार्य सम्बन्धले गर्दा हामीले माेक्ष प्राप्त गर्दछाैं त्यसरी नै ज्ञान तथा अनुष्ठान हुँदाहुँदै पनि हामीले भागवत अपचार गर्याैं भने हामी पतित हुन्छाै‌ं ।

असह्य अपचार

असह्य अर्थात अकारण । हामीले भगवान, अाचार्य तथा श्रीवैष्णवहरुप्रति अकारण गर्ने अपचारलाई असह्य अपचार भनिन्छ ।

  • भगवत विषयः भगवानले हिरण्यकश्यपुकाे विरुद्द केहि गर्नु भएकाे थिएन तैपनि उसले भगवानकाे नाम सुन्नै चाहेन ।
  • अाचार्य विषयः अाचार्यकाे अादेश पालन नगर्नु, उहाँले दिनुभएकाे दीक्षा तथा ज्ञान कुनै अयाेग्य व्यक्तिलाई पैसा तथा अन्य लाभकाे लागि दिनु ।
  • भागवत विषयः अन्य श्रीवैष्णवहरु प्रति ईर्ष्या राख्नु ।

याे बुझ्नु जरुरी छ कि अकृत्य कारणभन्दा भगवत भगवत अपचार महापाप हाे, भगवत अपचारभन्दा भागवत अपचार महापाप हाे र भागवत अपचार भन्दा असह्य अपचार झनै महापाप हाे ।

हाम्रा पूर्वाचार्यहरुले शास्त्रकाे बडाेअादर गर्नुहुन्थ्याे र अपचारदेखि डराउनु हुन्थ्याे । गुरुपरम्परामा अाउनुहुने सम्पूर्ण अाचार्यहरुले अाफ्ना शिष्यहरुसंग अाफुले कुनै अपचार गरेकाे भए क्षमाकाे याचना गर्नुहुन्थ्याे । जबकि अाचार्यहरुले कुनै अपचार नै गर्नुभएकाे हुँदैनथ्याे । यस्ताे सरल हुनुहुन्थ्याे हाम्रा अाचार्यहरु ।

हामीले पनि याे बुझनु जरुरी छ कि अनुष्ठानले परिपूर्ण ज्ञानकाे दीप उपयाेगी हुन्छ । तर अनुष्ठान नभएकाे ज्ञान अज्ञानमा परिणत हुन्छ ।

यसकाे अर्थ कदापि याे हाेइन कि श्रीवैष्णवहरुले भागवत अपचारकाे डरले अाफुसंग भएकाे ज्ञान अरुलाई दिनुभएन । यस्ताे हाेइन । हाम्रा पूर्वाचार्यहरुले सारा जीवन श्रीसम्प्रदाय सम्बन्धि ग्रन्थ तथा ज्ञानहरु प्रचार प्रसार गर्नुभयाे ।

आल्वार तिरुवडिगले शरणम् ।

एम्पेरुमानार तिरुवडिगले शरणम् ।
जीयर तिरुवडिगले शरणम् ।
श्री वानमामलै रामानुज जीयर तिरुवडिगले शरणम् ।।

अडियन् प्रमोद रामानुज दास (नेपाल)

श्रोत – http://ponnadi.blogspot.com/2015/12/simple-guide-to-srivaishnavam-apacharams.html

archived in https://srivaishnavagranthamsnepali.wordpress.com/

प्रमेय (लक्ष्य) – http://koyil.org
प्रमाण (शास्त्र) – http://granthams.koyil.org
प्रमाता (आचार्य) –  http://acharyas.koyil.org
श्रीवैष्णव बालबालिकाहरुको लागि – http://pillai.koyil.org

श्रीवैष्णव सम्प्रदाय मार्गदर्शन – अर्थ पञ्चक

श्रीः श्रीमते शठकोपाय नमः  श्रीमते रामानुजाय नमः  श्रीमद् वरवरमुनये नमः  श्री वानाचल महामुनये नमः

श्रीवैष्णव सम्प्रदाय मार्गदर्शन

<< तत्व त्रय

भगवान ६ स्वरुपमा रहनु हुन्छ । १‍ परमपद वैकुण्ठमा पर स्वरुपमा, २ क्षीरसागरमा व्युह स्वरुपमा, ३ रामकृष्णादि अवतारमा विभव स्वरुपमा, ४ हरेक जीवात्मा भित्र अन्तरयामि स्वरुपमा, ५ मठ मन्दिर र श्रीवैष्णावहरुकाे घरमा विराजमान अर्चा स्वरुप अर्थात मूर्ति स्वरुपमा र ६ अाचार्यकाे स्वरुपमा

 

मिक्क इरै निलैयुम मेय्याम उयिर निलैयुम
तक्क नेरियुम तडैयागित् तोक्कियलुम ऊल विनैयुम
वाल्विनैयुम ओधुम
कुरुकैयर कोन यालिन् इसै वेदत्तियल

–श्रीपराशर भट्टर स्वामीजी द्वारा रचित श्रीसहस्रगीतिकाे तनियन

अर्थः हे अालवारतिरुनगरीमा निवास गर्नुहुने श्रीवैष्णवहरुका स्वामी श्री शठकाेप स्वामी, हजुरबाट रचना गरिएकाे सहस्रगीतिकाे वीणाकाे मधुर ध्वनि समान गाथाहरुले ५ सिद्दान्तहरुकाे प्रतिपादन गर्दछन् -१ भगवान श्रीमन्नारायणकाे परम स्वरुप २ जीवात्माकाे स्वरुप ३ उपाय स्वरुप ४ विराेधि स्वरुप ५ उपेय स्वरुप

अर्थ पञ्चक भन्नाले पाँच विशेष अवधारणा बुझिन्छ । श्री पिल्लै लाेकाचार्य स्वामीजी महाराजले हामी माथि दया गर्दै रहस्य ग्रन्थकाे रचना गर्नुभयाे जुन ग्रन्थले अर्थ पञ्चककाे अवधारणालाई सुन्दर ढंगले प्रस्तुत गर्दछ । यस लेख श्री पिल्लै लाेकाचार्य स्वामीजी महाराजकाे उक्त ग्रन्थमा अाधारित छ ।

श्रीस्वामीजीकाे उक्त ग्रन्थकाे मुख्य मुख्य बुँदाहरु यस प्रकार छन् ।

  • जीवात्मालाई निम्न पाँच भागमा बाँडिएकाे छ ।
    • नित्यसूरिः परम पद वैकुण्ठमा नित्य निवास गर्नुहुने ।
    • मुक्तात्माः माेक्ष प्राप्त गरी परम पद वैकुण्ठमा रहनु भएका मुक्त अात्माहरु ।
    • बद्धात्माः संसारमै रहेका अात्मा वा जीवात्माहरु
    • केवलः कैवल्य माेक्ष प्राप्त गरेका अात्माहरु जाे अाफैमा वा निराकार ब्रम्हमा रमाइरकेका हुन्छन् । यस्ताे माेक्षबाट कदाचित भगवानकाे सेवा गर्ने अवसर प्राप्त हुँदैन र सेवाकाे ईच्छा पनि हुँदैन ।
    • मुमुक्षुः संसारमा रहनु भएका जीवात्मा जाे भगवान र भागवतकाे सेवा गर्दै वैकुण्ठ प्राप्तिकाे इच्छा राख्नु हुन्छ ।
  • ब्रम्ह – परमात्माः भगवानका पाँच स्वरुपहरु
    • पर स्वरुपः परमपद वैकुण्ठमा निवास गर्नुहुने भगवान श्रीहरिकाे सर्वाेच्च स्वरुप
    • व्यूहः क्षीरसागरमा संकर्षण, प्रद्युम्न, अनिरुद्ध अादि स्वरुपमा रहनुहुने भगवान श्रीहरि जसले सृष्टि, स्थिति र संहारकाे भार बहन गर्नुहुन्छ ।
    • विभवः श्रीरामकृष्णादि अवतारहरु
    • अन्तर्यामीः सबै जीवात्माहरुकाे अात्मामा निवास गर्नुहुने भगवान श्रीहरि र श्रीमहालक्ष्मी
    • अर्चाः मठ मन्दिर दिव्यदेश एवं श्रीवैष्ण्वहरुकाे घरमा हुनुभएका श्रीविग्रह स्वरुप भगवान ।
  • पुरुषार्थ (लक्ष्य) – पुरुष अर्थात अात्माकाे इच्छानै पुरुषार्थ हाे । यसका पाँच प्रकारहरुः
    • धर्मः सबैकाे भलाे हुने गरी गरिने कार्य
    • अर्थः धनकाे समुचित अार्जन र शास्त्र बमाेजिम गरिने खर्च
    • कामः संसारी अानन्द
    • अात्मानुभवः स्वअानन्दमा रमाउने गरी प्राप्त माेक्ष
    • भगवत कैंकर्यः यस संसार छाेडी परमपद प्राप्त गरी नित्यसूरि तथा मुक्तात्माहरुकाे बीचमा रही भगवानकाे अन्नत सेवा गर्नु ।
  • उपायः उपायका पाँच प्रकारहरु
    • कर्मः यज्ञ, दान, तप, ध्यान अादि शास्त्रद्वारा निर्देशित कार्यहरु गरि अाफ्नाे ईन्द्रीयहरु माथि नियन्त्रण राख्नु । अष्टांग याेग अादि गर्नु ।
    • ज्ञान याेगः कर्म याेगद्वारा प्राप्त ज्ञानकाे मार्फत अाफ्नाे हृदयमा नित्य वास गर्नुहुने भगवान श्रीमन्नारायणकाे नित्य ध्यान गर्नु । ज्ञानयाेग भक्तियाेगकाे लागि उपयाेगी हुन्छ ।
    • भक्ति याेगः ज्ञान याेगकाे सहयाेगले निरन्तर ध्यान मार्फत अानन्दकाे प्राप्ति हुन्छ । सबै पापकर्महरु पखालिन्छन र उपाय एवं उपेयकाे वास्तविक ज्ञान मिल्दछ ।
    • प्रपत्तिः भगवानमा शरणागत हुनु । याे निकै अानन्द दायक हुन्छ र सजिलाे पनि छ । याे भगवत भागवत कैंकर्यकाे एउटा भाग हाे । कर्मयाेग ज्ञानयाेग र भक्तियाेग गर्न नसक्नेहरुका लागि पनि प्रपत्ति मार्ग उपयुक्त हुन्छ । यसका दुई प्रकार हुन्छनः अार्त प्रपत्ति र दृप्त प्रपत्ति ।
  • अाचार्य अभिमानः माथि उल्लेखित याेग तथा प्रपत्ति मार्ग अपनाउन नसक्नेहरुका लागि अाचार्य अभिमान एकदमै उपयाेगी हुन्छ । वास्तवमा याे नै सबैका लागि उपयाेगी माध्यम हाे । शिष्यले अाचार्यमाथि परिपुर्ण विश्वास राख्दै अाचार्यलाई नै उपाय मानि उपेयकाे प्राप्तिमा विश्वास राख्नु ।
  • विराेधि स्वरुपः भगवानकाे प्राप्तिमा अाउन सक्ने बाधा व्यवधानहरु । यसका पाँच प्रकार छन् ।
    • स्वरुप विराेधिः अाफुलाई स्वतन्त्र सम्झनु । यस शरीरलाई नै अात्मा सम्झनु ।
    • परत्व विराेधिः अन्य देवी देवताहरुलाई नै भगवान सम्झने भुल गर्नु र भगवानकाे अवतारलाई साधारण पुरुषकाे अवतार सम्झने भुल गर्नु ।
    • पुरुषार्थ विराेधिः भगवत भागवत कैंकर्य अाफ्नाे स्वार्थकाे लागि गर्नु ।
    • उपाय विराेधिः अाचार्य र भगवानकाे माध्यम नअपनाई अरु उपाय अपनाउनु । अन्य उपायलाई नै ठुलाे मान्ने भुल गर्नु ।
    • प्राप्ति विराेधिः भगवत भागवत अपचार जस्ता विराेधिहरु जसले उपाय प्राप्तिमा बाधा पुर्याउँछ ।

पिल्लै लाेकाचार्य स्वामीजी महाराजले अर्थ पञ्चकमा यसाे भन्नुहुन्छ ।

अर्थ पञ्चककाे ज्ञान पश्चात मुमुक्षुहरुले यस्ताे जीवन शैलि अपनाउनु पर्दछ । वर्णाश्रम धर्ममा सीमित अाय गर्ने, सबै अाय अार्जन भगवानमा र भागवतमा अर्पण गर्ने र शरीरलाई धान्न जति अाय अावश्यक पर्छ त्यति मात्र उपभाेग गर्ने । अाचार्यकाे सेवामा तल्लिन हुने र अाचार्यकाे मुखाेल्लास गर्ने ।

भगवानमा शरणागत हुने र भगवानकाे अादर गर्ने । अाचार्यमा अज्ञानता प्रकट गर्ने, श्रीवेष्णवहरुमा नै निर्भर रहने । संसारीहरुबाट टाढा रहने ।

उपाय प्राप्तिमा ध्यान दिने, उपेयमा विश्वास राख्ने, विराेधि तत्वसंग डराउने, शारीरिक विषयबाट टाढा रहने, भागवतहरुकाे अादर गर्ने र अाचार्यमा परिपुर्ण विश्वास राख्ने ।

माथि उल्लेख गरिएका श्रीपिल्लै लाेकाचार्य स्वामीजी महाराजका बचनहरु जसले पालन गर्दछ उसलाई भगवान श्रीमन्नारायणले नित्यसुरी र मुक्तात्माहरुलाई भन्दापनि बढि कृपा गर्नुहुन्छ ।

आल्वार तिरुवडिगले शरणम् ।

एम्पेरुमानार तिरुवडिगले शरणम् ।
जीयर तिरुवडिगले शरणम् ।
श्री वानमामलै रामानुज जीयर तिरुवडिगले शरणम् ।।

अडियन् प्रमोद रामानुज दास (नेपाल)

श्रोत – http://ponnadi.blogspot.in/2015/12/artha-panchakam.html 

archived in https://srivaishnavagranthamsnepali.wordpress.com/

प्रमेय (लक्ष्य) – http://koyil.org
प्रमाण (शास्त्र) – http://granthams.koyil.org
प्रमाता (आचार्य) –  http://acharyas.koyil.org
श्रीवैष्णव बालबालिकाहरुको लागि – http://pillai.koyil.org

श्रीवैष्णव सम्प्रदाय मार्गदर्शन – तत्व त्रय

श्रीः श्रीमते शठकोपाय नमः  श्रीमते रामानुजाय नमः  श्रीमद् वरवरमुनये नमः  श्री वानाचल महामुनये नमः

श्रीवैष्णव सम्प्रदाय मार्गदर्शन

<< रहस्य त्रय

तत्वहरुलाई खासगरी ३ भागमा बाँडिएकाे छ । चित् , अचित् र ईश्वर ।

चित् भन्नाले नित्य विभुति (परमपद वैकुण्ठ) तथा लीला विभुति (यस संसार) मा भएका असंख्य जीवात्माहरुलाई जनाउँदछ । प्रकृतिले जीवात्मालाई जन्मजात ज्ञान प्रदान गरेकाे हुन्छ । ज्ञान वरदान स्वरुप भएकाे हुनाले अात्मा जब वास्तविक ज्ञान भएकाे जीवात्मामा अवस्थित रहन्छ त्यतिखेर अात्मा साह्रै अानन्दित रहन्छ । जीवात्माहरुलाई ३ भागमा बाँडिएकाे छ – नित्यसूरी (जाे अनन्तकाल देखि मुक्त हुनुहुन्छ र परमपद वैकुण्ठमा भगवानकाे सेवामा हुनुहुन्छ), मुक्तात्मा (जाे कुनै समयमा संसारी भुमरीमा बाँधिएका थिए तर हाल मुक्त भई परमपद वैकुण्ठमा हुनुहुन्छ) र बद्दात्मा (जाे अहिले पनि संसारी भुमरीमा बाँधिएका छन्) । बद्दात्माहरुलाई थप २ भागमा बाँडिएकाे छ । भुभुक्षु (जाे यसै संसारमा रमाउन चाहन्छन्) र मुमुक्षु (जाे माेक्ष प्राप्त गर्न चाहन्छन्) । मुमुक्षुहरुलाई थप २ भागमा बाँडिएकाे छ । कैवल्यार्थि (जाे स्वयं अनुभुति वा स्वयं अानन्द प्राप्तिकाे इच्छा राख्दछन् ) र भगवत कैंकर्यार्थि (जाे परमपद वैकुण्ठमा भगवानकाे सेवा गर्ने इच्छा राख्नुहुन्छ ) । थप जानकारीकाे लागि याे लिंकमा जानुहाेला ।  https://srivaishnavagranthamshindi.wordpress.com/2016/07/07/thathva-thrayam-chith-who-am-i/ .

अचित तत्व भन्नाले हाम्रा इन्द्रियहरुले देख्न वा महशुश गर्न सक्ने सबै जड पदार्थ बुझिन्छ । विनाशकाे समय पश्चात अचित तत्व अव्यक्त रुपमा भएकाे मानिन्छ भने सृष्टिकाे समयमा अचित तत्व व्यक्त अवस्थामा रहेकाे मानिन्छ । दुबै नित्य विभुति र लीला विभुतिमा अचित तत्वकाे उपस्थिति रहन्छ । अचित तत्वले लाैकिक संसारमा वास्तविक ज्ञानलाई अावरण गर्दछ भने अाध्यात्मिक संसारमा अचित तत्वले ज्ञानलाई सुगम बनाउँदछ । अचित तत्वलाई थप ३ भागमा बाँडिन्छ । शुद्द सत्व (परमपद वैकुण्ठमा देखिने), मिश्र सत्व  (संसारमा देख्न सकिने राग र अज्ञानले भरिएकाे सत्व) र सत्व शुन्य (सत्वताकाे अभाव जसलाई काल भनिन्छ) । थप जानकारीकाे लागि याे लिंकमा जानुहाेला । https://srivaishnavagranthamshindi.wordpress.com/2016/07/17/thathva-thrayam-chith-what-is-matter/.

ईश्वर अर्थात भगवान श्रीमन्नारायण सर्वाेच्च परमात्मा हुनुहुन्छ र श्रीमहालक्ष्मीसंग श्रीवैकुण्ठमा विराजमान हुनुहुन्छ । भगवानमा ६ प्रकारका परिपूर्ण गुणहरु छन्  – ज्ञान, बल, एेश्वर्य, विर्य, शक्ति र तेज । यि ६ गुणहरु थप असंख्य दिव्य गुणहरुमा परिवर्तित हुन्छन् । सबै दिव्य गुणहरु भगवानमा छन् र भगवान सबै प्रकारका दाेषबाट मुक्त हुनुहुन्छ । सबै चित र अचित तत्वहरु भगवानमा नै निहित छन् । भगवान सबै चित र अचित तत्वहरुमा हुनुहुन्छ र तिनलाई धारण पनि गर्नुहुन्छ । सबै चित र अचित तत्वहरुकाे स्वामी भगवान हुनुहुन्छ । यसमा थप जानकारीकाे लागि याे लिंकमा जानुहाेला । https://srivaishnavagranthamshindi.wordpress.com/2016/08/05/thathva-thrayam-iswara-who-is-god/ .

तत्वहरुमा समानताः

  • ईश्वर र चित दुबै चेतन हुन् ।
  • दुबै चित र अचित ईश्वरका अभिन्न अंग हुन् ।
  • ईश्वर र अचित दुबैसंग चितलाई अाफ्नाे चरित्र वा गुणमा परिवर्तन गर्न सक्ने क्षमता हुन्छ । उदाहरणकाे लागि जब जीवात्मा सांसारिक कृयाकलापमा धेरैनै मग्न हुन्छ उ स्वयं पनि ज्ञान बिनाकाे तत्व जस्तै हुन्छ । जबकि जब जीवात्मा भगवत विषयमा अानन्दित हुन्छ उ संसारी भुमरिबाट मुक्त हुन्छ र भगवान जस्तै अानन्दित रहन्छ ।

तत्वहरुमा भिन्नताः

  • ईश्वरकाे सबैभन्दा फरक र अद्वितीय गुण भनेकाे ईश्वरकाे सर्वाेच्चता हाे । ईश्वर सबैका स्वामी हुन् र सर्वज्ञ, सर्वव्यापी, सर्वशक्तिमान छन् ।
  • चितकाे गुण भनेकाे ईश्वर प्रति कैंकर्यकाे विषय ज्ञान हाे ।
  • अचितकाे गुण भनेकाे अज्ञानता हाे । अचित अरुकाे अानन्दकाे लागि हुन्छ ।

पिल्लै लाेकाचार्य स्वामीजी महाराजद्वारा रचित तत्व त्रय रहस्य ग्रन्थकाे बारेमा जान्नकाे लागि याे लिंकमा जानुहाेला । http://ponnadi.blogspot.in/2013/10/aippasi-anubhavam-pillai-lokacharyar-tattva-trayam.html .

आल्वार तिरुवडिगले शरणम् ।

एम्पेरुमानार तिरुवडिगले शरणम् ।
जीयर तिरुवडिगले शरणम् ।
श्री वानमामलै रामानुज जीयर तिरुवडिगले शरणम् ।।

अडियन् प्रमोद रामानुज दास (नेपाल)

श्रोत – http://ponnadi.blogspot.in/2015/12/thathva-thrayam-in-short.html

archived in https://srivaishnavagranthamsnepali.wordpress.com/

प्रमेय (लक्ष्य) – http://koyil.org
प्रमाण (शास्त्र) – http://granthams.koyil.org
प्रमाता (आचार्य) –  http://acharyas.koyil.org
श्रीवैष्णव बालबालिकाहरुको लागि – http://pillai.koyil.org

श्रीवैष्णव सम्प्रदाय मार्गदर्शन – रहस्य त्रय

श्रीः श्रीमते शठकोपाय नमः  श्रीमते रामानुजाय नमः  श्रीमद् वरवरमुनये नमः  श्री वानाचल महामुनये नमः

श्रीवैष्णव सम्प्रदाय मार्गदर्शन

<< दिव्य प्रबन्ध एवं दिव्य देश

पञ्चसंस्कारकाे समयमा मन्त्र उपदेश पनि अाचार्यले गर्नुहुन्छ । जसमा अाचार्यले शिष्यलाई ३ रहस्य मन्त्रहरुकाे उदपेश गर्नुहुन्छ । ति तीन रहस्य मन्त्रहरु यस प्रकार छन् ।

  • तिरुमन्त्र अर्थात अष्टाक्षरी मन्त्र अर्थात मुल मन्त्रः बदरीकाश्रममा भगवान नारायण नै नारायण ऋषि बनेर नर ऋषि (स्वयं भगवान) लाई सुनाउनु भएकाे महामन्त्र ।

अाेम् नमाे नारायणाय

साधारण अर्थः जीवात्मा, जाे भगवानकाे अंग हाे र जसकाे स्वामी भगवान हुनुहुन्छ,  सदैव भगवानकाे अानन्दकाे लागि मात्र अस्तित्वमा रहनु पर्दछ । जीवात्माले भगवानकै सेवा गर्नु पर्दछ । भगवाननै एकमात्र स्वामी हुनुहुन्छ ।

  • द्वय मन्त्रः श्रीवैकुण्ठमा भगवान श्रीमन्नारायणले श्रीमहालक्ष्मीलाई प्रदान गर्नुभएकाे मन्त्र ।

श्रीमन्नारायण चरणाै शरणम प्रपद्ये श्रीमते नारायणाय नमः

साधारण अर्थः श्रीमहालक्ष्मीका पति अनन्त भगवान श्रीमन्नारायणकाे चरणकमलमा म शरण पर्दछु । म सदैव श्रीमहालक्ष्मी र श्रीभगवानकाे सेवाकाे लागि प्रर्थना गर्दछु ।

  • चरम मन्त्रः कुरुक्षेत्रमा भगवान श्रीकृष्णले अर्जुनलाई उपदेश गर्नुभएकाे ।

सर्वधर्मान् परित्यज्य माम् एकं शरणम् व्रज ।
अहम् त्वा सर्व पापेभ्याे माेक्षयिस्यामि मा शुचः ।।

साधारण अर्थः सबै उपायहरु अर्थात धर्महरुकाे परित्याग गरि मेराे शरणमा अाउ । म तिमिलाई सबै पापहरुबाट माेक्ष दिनेछु । चिन्ता नगर ।

मुमुक्षुप्पडि व्याख्यानमा श्रीवरवरमुनी स्वामीजी महाराजले ३ रहस्य मन्त्रहरुकाे बिचमा २ विशेष सम्बन्धहरुकाे चर्चा गर्नुभएकाे छ ।

  • विधि-अनुष्ठान (सिद्दान्त – व्यवहार)- मुलमन्त्रले जीवात्मा र परमात्माकाे बीचमा भएकाे सम्बन्धकाे चर्चा गर्नुहुन्छ । चरम मन्त्रले जीवात्मालाई भगवानमा शरणागत हुन निर्देश गर्नुहुन्छ । र शरणागत जीवात्माले सदैव द्वय मन्त्रकाे अनुष्ठान गर्नुपर्दछ ।
  • विवरण-विवरणी – मुलमन्त्रमा नमाे नारायणायले प्रणवकाे चर्चा गर्नुहुन्छ । द्वयमन्त्रले मुलमन्त्रकाे चर्चा गर्नुहुन्छ र चरममन्त्रले द्वयमन्त्रकै विवेचना गर्नुहुन्छ ।

तीन रहस्य मन्त्रहरु मध्ये हाम्रा पुर्वाचार्यहरुले द्वयमन्त्रकाे विशेष महिमा गर्नुभएकाे छ । द्वय मन्त्र सदैव स्मरण गर्न सकिन्छ । द्वय मन्त्रलाई मन्त्र रत्न पनि भनिन्छ । द्वयन्त्रले श्रीमहालक्ष्मीकाे पुरुषकार स्वरुपाकाे परिपुर्ण चर्चा गर्नुहुन्छ । श्रीमहालक्ष्मी र श्रीभगवान प्रति निरन्तर सेवा गर्नु नै अन्तिम लक्ष्य हाे भनेर बताइएकाे छ । श्रीदेवराज गुरु (एरुम्बि अप्पा) ले वरवरमुनी दिनचर्यामा श्रीवरवरमुनी स्वामीजीका दिव्य कृयाकलापहरुकाे वर्णन गर्नुभएकाे छ । वरवरमुनी दिनचर्याकाे नवाैं श्लाेकमा “मन्त्र रत्न अनुसन्धान सन्तत स्पुरिताधरम् । तदर्थ तत्व निध्यान सन्नद्द पुलकाेद्गमम् ।। ” अर्थात वरवरमुनी स्वामीजीका अाेठहरुले निरन्तर द्वय मन्त्रकाे अनुष्ठान गरिरहनु भएकाे हुन्छ । द्वयमन्त्रकाे अनुसन्धान गर्दैगर्दा श्रीवरवरमुनी स्वामीजीकाे शरीरले दिव्य स्वरुपमा प्रतिकृया दिइरहनु भएकाे हुन्छ । द्वय मन्त्रकाे अनुसन्धान भनेकाे सहस्रगीति नै हाे । द्वयमन्त्रकाे अनुसन्धान सदैव गुरुपरम्परा (अस्मद्गुरुभ्याे नमः ‍‍……..श्रीधराय नमः) अनुसन्धान पश्चात मात्र गर्नुपर्दछ ।

पराशर भट्टर स्वामीजीले अष्टश्लाेकीमा, पेरियवाच्चान पिल्लै स्वामीजीले परन्त रहस्यमा, पिल्लै लाेकाचार्य स्वामीजीले श्रीयः पतिः पडि, याद्रुचिकः पडि, परन्त पडिः मुमुक्षुप्पडिमा, अलगिय मणवालप्पेरुमाल नायनार स्वामीजीले अरुलिच्चेयल रहस्य, श्रीवरवरमुनी स्वामीजीले मुमुक्षुप्पडि व्याख्यानमा रहस्य त्रयकाे विवेचना गर्नुभएकाे छ । धेरै असाधारण प्रबन्धहरुमध्ये श्रीमुमुक्षुप्पडि एक महत्वपुर्ण र सरल साहित्य हाे । श्रीवैष्णव गाेष्ठीमा मुमुक्षुप्पडीलाई महत्वपुर्ण कालक्षेप ग्रन्थ मानिन्छ ।

रहस्य त्रयकाे साथसाथै मुख्यत तत्व त्रय र अर्थ पञ्चकहरु पनि बुझ्नु अावश्यक हुन्छ । यस पछिका लेखहरुमा हामी तत्व त्रय र अर्थ पञ्चकहरुकाे बारेमा पनि चर्चा गर्नेछाै‌ं ।

आल्वार तिरुवडिगले शरणम् ।

एम्पेरुमानार तिरुवडिगले शरणम् ।
जीयर तिरुवडिगले शरणम् ।
श्री वानमामलै रामानुज जीयर तिरुवडिगले शरणम् ।।

अडियन् प्रमोद रामानुज दास (नेपाल)

श्रोत – http://ponnadi.blogspot.in/2015/12/rahasya-thrayam.html

archived in https://srivaishnavagranthamsnepali.wordpress.com/

प्रमेय (लक्ष्य) – http://koyil.org
प्रमाण (शास्त्र) – http://granthams.koyil.org
प्रमाता (आचार्य) –  http://acharyas.koyil.org
श्रीवैष्णव बालबालिकाहरुको लागि – http://pillai.koyil.org

श्रीवैष्णव सम्प्रदाय मार्गदर्शन – दिव्य प्रबन्ध एवं दिव्य देश

श्रीः श्रीमते शठकोपाय नमः  श्रीमते रामानुजाय नमः  श्रीमद् वरवरमुनये नमः  श्री वानाचल महामुनये नमः

श्रीवैष्णव सम्प्रदाय मार्गदर्शन

<< गुरु परम्परा

paramapadhanathan

श्रीदेवी, भुदेवी, नीलादेवी तथा श्रीनित्यसूरीहरुका माझ श्रीपरमपद वैकुण्ठमा बिराजमान भगवान श्रीमन्नारायण

अघिल्लाे लेखमा हामीले हाम्राे गुरु परम्पराकाे महात्वबारे चर्चा गर्यौं । अब दिव्य प्रबन्ध तथा दिव्य देशहरुकाे महत्वकाे बारेमा पनि चर्चा गराैं ।

भगवान श्रीमन्नारायण सर्वाेच्च परमात्मा हुनुहुन्छ । उहाँ दिव्य तथा असिमित गुणहरुले युक्त हुनुहुन्छ । उहाँकाे दिव्य तथा निशर्त कृपा गर्ने गुणले गर्दा उहाँले अाल्वारहरु माथि विशेष कृपा गर्नुभयाे जसले श्रीमन्नारायण भगवान प्रतिकाे भक्ति मार्गकाे विशेष प्रचार गर्नुभयाे । भगवान सबै नित्यसूरी तथा मुक्तात्माहरुकाे स्वतन्त्र स्वामी हुनुहुन्छ यद्यपि भगवानकाे मनमा पनि एउटा पीडा थियाे ।

भगवानकाे पीडाकाे मुख्य कारण थियाे संसारी भुमरीमा परेका जीवात्माहरुले पाएकाे दुख । सबै जीवात्माहरुकाे सर्वाेच्च पिताकाे नाताले पनि अाफ्ना सन्तानहरु जन्म र मृत्युकाे भुमरीमा अल्झिएकाे दुख भगवानलाई असह्य भयाे । यहाँ याे प्रश्न उठ्न सक्छ कि यदि भगवान सर्वशक्तिमान सत्यकाम तथा सत्यसंकल्प हुनुहुन्छ भने भगवानकाे मनमा कुनै पिडा हुन सक्छ र ? यसमा हाम्रा अाचार्यहरुले भन्नुभएकाे छ कि जीवात्माहरुले पाएकाे दुख देखेर चिन्तित हुनु पनि भगवानकाे एक विशिष्ट गुण हाे । अाफ्नाे कुनै एक छाेरासंग खुशीसाथ  बसेकाे एउटा पिता अाफुबाट टाढा बसेकाे अर्काे छाेराकाे बारेमा पनि उत्तिकै चिन्तित हुने गर्दछ र यहि गुण भगवानमा पनि  छ । भगवान सर्वशक्तिमान हुनुहुन्छ तैपनि संसारमा भएका जीवात्माले अनन्त कालदेखि अज्ञानता र अविद्याकाे कारणले भाेगिरहेकाे दुख देखेर चिन्तित हुनुहुन्छ ।

संसारमा अल्झिएका जीवात्माहरुकाे उद्दारका लागि भगवानले सृष्टिकाे समयमा ति जीवात्माहरुलाई शरीर तथा अंगहरु प्रदान गर्नुभयाे, शास्त्रकाे ज्ञान दिनुभयाे र स्वयं भगवान नै रामकृष्णादि रुपमा यस धरातलमा अवतार लिई अाउनु भयाे । यद्यपि जीवात्मा वास्तविक तत्व ज्ञान जान्न खाेज्दैन र भगवानकाे सर्वाेच्चता स्वीकार गर्दैन । त्यसैले, जसरी एउटा हरिणकाे शिकार गर्नु अघि जसरी व्याधाले तालिम प्राप्त हरिणकाे प्रयाेग गर्दछ त्यसरी नै भगवानले जीवात्माहरुकाे उद्दार गर्नकाे लागि संसारमै हुनुभएका जीवात्माहरुकाे प्रयाेग गर्नुहुन्छ । यसरी भगवानले केहि जीवात्माहरुकाे चयन गर्नुहुन्छ, उहाँहरुलाई अाफ्नाे अंशावतार बनाई दिव्य ज्ञान प्रदान गर्नुहुन्छ र उहाँहरुलाई अाल्वार बनाउनु हुन्छ । भगवत विषयमा मग्न भई भक्ति मार्गमा चुर्लुम्म डुब्नु भएका महापुरुषहरुलाई अाल्वार भनिन्छ । श्रीवेदव्यासजी ले महाभारत ग्रन्थमा बताउनु भए बमाेजिम अाल्वारहरु दक्षिण भारतकाे विभिन्न स्थानहरुमा प्रकट हुनुभयाे । अाल्वारहरु बारे हामीले अघिल्लाे लेखमा चर्चा गर्याैं ।

Azhwarsअाल्वारहरु

अाल्वारहरुले भगवान श्रीमन्नारायणकाे तमिल भाषामा विभिन्न गाथाहरु गाइ मंगलगान गर्नुभयाे । ति गाथाहरु लगभग ४००० संख्यामा छन् र त्यसैले ४००० दिव्य प्रबन्धकाे नामले परिचित छन् । अाल्वारहरुले विभिन्न क्षेत्रहरुमा अर्चा मूर्तिकाे रुपमा बिराजमान श्रीमन्नारायण भगवानकाे मंगलाशासन गर्नुभएकाे हुनाले ति क्षेत्रहरुलाई दिव्य देश भनिन्छ, जस्तै श्रीरंगम्, श्रीताेदाद्री, श्रीमुक्तिनाथ अादि । जम्मा १०८ दिव्यदेशहरु हुनुहुन्छ । जसमध्ये नेपाल सहित भारत वर्षमा १०६ दिव्यदेशहरु हुनुहुन्छ भने क्षिराब्दि नामक दिव्यदेशमा जीवात्माहरुकाे पहुँच हुँदैन जहाँ केवल भगवान श्रीहरि श्रीलक्ष्मीजीका साथ निवास गर्नुहुन्छ भने अर्काे एक दिव्यदेश परमपद वैकुण्ठमा जीवात्माहरु श्रीवैष्णव भैसके पश्चात मात्र माेक्ष प्राप्त गरी पुग्दछन् । श्रीरंगम मुख्य दिव्यदेश हाे भने तिरुमला, काञ्चीपुरम्, तिरुवल्लीक्केनी, अाल्वार तिरुनगरी अादि अरु महत्वपूर्ण दिव्यदेशहरु हुन् । भगवानका ५ रुपहरु छन् । परस्वरुप अर्थात परमपदमा बिराजमान श्रीपरवासुदेव भगवान, क्षीरसागरमा बिराजमान व्युह स्वरुप, श्रीरामकृष्णादि अवतारकाे रुपमा विभव स्वरुप, अन्तर्यामी स्वरुप अर्थात सबै जीवात्माहरु भित्र रहनुहुने परमात्मा र अर्चा स्वरुप अर्थात मूर्तिकाे रुपमा मन्दिरहरुमा बिराजमान भगवान । सबै स्वरुपहरु मध्ये अर्चा स्वरुप भगवानकाे यस्ताे स्वरुप हाे जसकाे दर्शन सबै भक्त भागवतहरुले सहजै गर्न सक्नुहुन्छ । हाम्रा पूर्वाचार्यहरुले दिव्यदेशहरुलाई नै अाफ्नाे जीवन मान्नु भयाे र अाफ्नाे सारा जीवन दिव्यदेशहरुमा भगवान र भागवतहरुकाे सेवामा अर्पण गर्नुभयाे । अधिक जानकारीकाे लागि याे लिंकमा जानुहाेला । http://koyil.org .

वेद वेदान्तकाे सार साधारण तमिल भाषामा दिव्य प्रवन्ध रुपमा पाइन्छ । जीवात्माहरुलाई वास्तविक तत्व ज्ञान प्रदान गरी उद्दार गर्नु दिव्य प्रवन्धकाे मुल उद्देश्य हाे ।अाल्वारहरुकाे समय पश्चात सयाैं वर्ष पछि श्रीनाथमुनी स्वामीजीबाट सुरु भई श्रीरामानुज स्वामीजी हुँदै श्रीवरवरमुनी स्वामीजी पर्यन्तका अाचार्यहरु प्रकट हुनु भई अाल्वारहरुले रचना गर्नुभएकाे दिव्य प्रवन्धकाे प्रचार गर्नु भयाे । कम ज्ञान भएका अज्ञानीहरुले दिव्य प्रबन्धलाई साधारण तमिल गीत सम्झिए भने महापुरुष अाचार्यहरुले दिव्य प्रबन्धलाई भगवान श्रीमन्नारायण नै उपाय तथा उपेय मान्ने महान तथा दिव्य ग्रन्थकाे संज्ञा दिनुभयाे । हाम्रा पूर्वाचार्यहरु दिव्य प्रबन्धकाे रसरुपी अानन्दमा डुब्नुभयाे र दिव्य प्रबन्धका गाथाहरुकाे अध्ययन गर्ने, प्रचार गर्ने र ति गाथाहरुले निर्देश गरे अनुरुप नै जीउने गर्नुभयाे ।

azhwar-madhurakavi-nathamuniश्रीमधुरकवि अाल्वार तथा श्रीनाथमुनी स्वामीजीका साथमा श्रीशठकाेप स्वामी

इतिहासमा यस्ताे कालाे कालखण्ड पनि अायाे जतिखेर विशेष गरी अाल्वारहरुकाे समय पश्चात दिव्य प्रबन्धहरुकाे लाेप भयाे । अन्तताेगत्वा श्रीनाथमुनी स्वामीजी महाराजले कठिन मिहिनेत गरेर श्रीशठकाेप स्वामीजी महाराजकाे अवतार स्थल श्रीअाल्वारर तिरुनगरी पत्ता लगाई श्रीशठकाेप स्वामीजी महाराज कै कृपाले सबै ४००० दिव्य प्रबन्धकाे अध्ययन गर्नुभयाे । श्रीनाथमुनी स्वामीजीले ४००० दिव्य प्रबन्धलाई ४ भागमा विभाजन गरी अाफ्ना शिष्यहरुलाई अध्यापन गराइ दिव्य प्रबन्धकाे महत्वलाई प्रकाशमा ल्याउनु भयाे । उहाँले श्रीमधुरकवि अाल्वारकाे सम्मानमा श्रीमधुरकवि अाल्वार द्वारा रचिएकाे कण्णिनुण शिरु ताम्बुलाई पनि दिव्य प्रबन्ध भित्र ल्याउनु भयाे । श्रीमधुरकवि अाल्वारले अाफुलाई अाचार्य श्रीशठकाेप स्वामीजी महाराजमा अर्पण गर्नु भएकाे थियाे ।

Ramanuja_Sriperumbudur
श्रीरामानुज स्वामी

श्रीरामानुज स्वामीजी (एम्पेरुमानार) अादिशेषजी काे अवतार हुनुहुन्छ । उहाँले श्रीयामुनाचार्य स्वामीजी महाराजकाे कृपा र इच्छा बमाेजिम वेद वेदान्त र दिव्य प्रबन्धहरुकाे विभिन्न अाचार्यहरुसंग अध्ययन गर्नुभयाे । उहाँले अाल्वार तथा दिव्य प्रबन्धहरुकाे महिमा समाजकाे विभिन्न वर्गहरुमा प्रचार गरी श्रीवैष्णव सम्प्रदायलाई नयाँ उचाइमा पुर्याउनु भयाे । श्रीरामानुज स्वामीजी महाराजकाे विशेष याेगदानकाे कारणले स्वयं श्रीरंगनाथ भगवानले श्रीसम्प्रदायलाई श्रीरामानुज दर्शनकाे संज्ञा दिनुभयाे । श्रीरामानुज स्वामीजीकाे महानताले गर्दा अाचार्यहरुले श्रीरामानुज स्वामीजीकाे महिमा गान श्रीरामानुज नुत्तन्दादि (जसलाई श्रीतिरुवरंगत्तु अमुदनारले गाउनु भएकाे थियाे) लाई ४००० दिव्य प्रबन्धमा सामेल गराउनु भयाे । जसरी ब्राम्हणहरुले प्रत्येक दिन गायत्री मन्त्रकाे जप गर्नु पर्दछ त्यसैगरी सबै प्रपन्न जनहरुले श्रीरामानुज नुत्तन्दादि (जसलाई प्रपन्न गायत्री भनिन्छ) काे नित्य पारायण गर्नै पर्दछ ।

nampillai-goshti1श्रीकलिवैरिदास स्वामीजीकाे कालक्षाेप गाेष्ठी

श्रीरामानुज स्वामीजी, श्रीगाेविन्दाचार्य स्वामीजी, श्रीपराशर भट्टर स्वामीजी र श्रीवेदान्ति स्वामीजी पछि गुरुपरम्परामा अाउनुहुने महत्वपुर्ण अाचार्य हुनुहुन्छ श्रीनम्पिल्लै अर्थात श्रीकलिवैरिदास स्वामीजी । उहाँ श्रीरंगममा निवास गर्नुहुन्थ्याे र अाफ्नाे समयमा श्रीसम्प्रदायकाे नेता हुनुहुन्थ्याे । उहाँकाे समयमा नै श्रीरंगममा ४००० दिव्य प्रबन्धकाे अर्थलाई बडाे महत्व दिइयाे । उहाँ प्रत्येक दिन पेरीय पेरुमाल श्रीरंगनाथ भगवानकाे सन्निधानमा कालक्षेप गरी समय बिताउनु हुन्थ्याे । शयन मुद्रामा रहनु भएका श्रीरंगनाथ भगवान पनि उहाँकाे कालक्षेप सुन्नकाे लागि उठेर झ्यालबाट चियाउनु हुन्थ्याे भन्ने गरिन्छ । उहाँका शिष्यहरुले पनि दिव्य प्रबन्धकाे अर्थ प्रचारमा महत्वपुर्ण याेगदान दिनुभयाे । उहाँका प्रमुख शिष्य श्रीपेरीयवाच्चान पिल्लै (जसलाई व्याख्यान चक्रवर्ति भनिन्छ) ले सबै दिव्यप्रबन्धहरुमा व्याख्यान लेख्नुभयाे । र ति व्याख्यानहरुकाे ठूलाे महिमा गर्नु भएकाे छ हाम्रा अाचार्यहरुले ।  श्रीकलिवैरिदास स्वामीजीका अर्का शिष्य श्रीवडक्कु तिरुविधि पिल्लै स्वामीजीले श्रीकलिवैरिदास स्वामीजीले सहस्रगीतिकाे बारेमा गर्नुभएकाे कालक्षेपकाे स‌ंकलन गर्नुभयाे र याे संकलनलाई ईडु ३६००० पडि भनिन्छ जुन दक्षिण भारतमा अाजसम्म सबैभन्दा बढी रुचाइएकाे छ ।

pillailokacharya-goshtiश्रीपिल्लै लाेकाचार्य स्वामीजीकाे कालक्षेप गाेष्ठी

श्रीकलिवैरिदास स्वामीजीकाे समय पश्चात श्रीपिल्लै लाेकाचार्य स्वामीजी महाराजले श्रीसम्प्रदायकाे नेतृत्व गर्दै दिव्य प्रबन्धहरुकाे रहस्य सारलाई अाफ्नाे रहस्य ग्रन्थहरुमा संकलन गर्नुभयाे । ति रहस्यहरुकाे धेरै अाचार्यहरुले अाफ्ना अनेकानेक ग्रन्थहरुमा विवेचना गर्नुभएकाे छ । श्रीपिल्लै लाेकाचार्य स्वामीजीले दिव्यप्रबन्धहरुकाे रहस्य सार अाफ्नाे १८ कृतिहरुमा संकलन गर्नुभयाे । उहाँकाे जीवनकाे अन्त्य तिर मुसलमान अाक्रमणकारीहरुले श्रीरंगममा विनाश गरे । उक्त विनाशबाट भगवान रंगनाथलाई बचाउनकाे लागि उहाँले श्रीरंगनाथ भगवानकाे उत्सव मूर्ति लिएर त्यहाँबाट जंगलकाे बाटाे भाग्ने क्रममा अाफ्नाे उमेरकाे कारणले परमपद प्राप्त गर्नुभयाे । तत्पश्चात श्रीवैष्णव समुदायमा लामाे समय सम्म दुख अाइपर्याे । केहि दशकपछि ति मुसलमान अाक्रमणकारीहरु भगाइए पश्चात श्रीरंगममा शान्ति छायाे र भगवान रंगनाथ श्रीरंगम सवारी भयाे ।

srisailesa-thanian-smallश्रीवरवरमुनी स्वामीजीकाे कालक्षेप गाेष्ठी

श्रीवरवरमुनी स्वामीजी श्रीरामानुज स्वामीजी महाराजकै अपरावतार हुनुहुन्छ । उहाँकाे अवतार स्थल अाल्वार तिरुनगरी हाे । उहाँले वेद वेदान्त र दिव्य प्रबन्धकाे ज्ञान अाफ्ना पिता र अाफ्ना अाचार्य श्रीशैलेश स्वामीजीबाट प्राप्त गर्नुभयाे । अाफ्नाे अाचार्य श्रीशैलेश स्वामीजीकाे अाज्ञाले उहाँले अाफ्नाे बाँकी जीवन श्रीसम्प्रदायकाे महिमालाई बढाँउदै श्रीरंगममा निवास गर्नुभयाे । उहाँले व्यक्तिगत रुपमा लाेप हुन लागेका ग्रन्थहरुकाे खाेजी गर्नुभयाे, अध्ययन गर्नुभयाे, ति ग्रन्थहरुकाे रुखकाे पातहरुमा अभिलेख गरी भविष्यका सन्ततिहरुका लागि बडाे मुश्किलले जगेर्ना समेत गर्नुभयाे । उहाँकाे याेगदान र दिव्य वैभवहरुकाे सम्मानमा स्वयं भगवान रंगनाथले उहाँकाे भगवत विषय कालक्षेप १ वर्षसम्म सुनी अन्त्यमा एक सानाे बालककाे रुपमा प्रकट भई श्रीवरवरमुनी स्वामीजीलाई अाफ्नाे अाचार्य मानी श्रीशैलेशदया पात्रम तनियन प्रदान गर्नुभयाे ।

जीवात्माकाे उद्दार गर्ने दिव्य प्रबन्धहरुकाे इतिहास देखि नै हाम्रा पूर्वाचार्यहरुले रक्षा गर्दै अाउनु भएकाे छ । हामी सबै श्रीवैष्णवहरुले दिव्यप्रबन्ध अध्ययन गरी साे काे महत्व बुझी दिव्यप्रबन्धहरकै अादेशानुसार जीवन यापन गर्नुपर्दछ ।

अाल्वारहरु तथा दिव्य प्रबन्धहरुकाे बारेमा थप जानकारीकाे लागि कृपया निम्न बमाेजिमका लिंकमा जानुहाेला ।

दिव्यप्रबन्धहरुकाे विभिन्न भाषामा अनुवादकाे लागि याे लि‌ंकमा जानुहाेला ।  http://divyaprabandham.koyil.org

आल्वार तिरुवडिगले शरणम् ।
एम्पेरुमानार तिरुवडिगले शरणम् ।
जीयर तिरुवडिगले शरणम् ।
श्री वानमामलै रामानुज जीयर तिरुवडिगले शरणम् ।।

अडियन् प्रमोद रामानुज दास (नेपाल)

श्रोत – http://ponnadi.blogspot.in/2015/12/simple-guide-to-srivaishnavam-dhivya-prabandham-dhesam.html

archived in https://srivaishnavagranthamsnepali.wordpress.com/

प्रमेय (लक्ष्य) – http://koyil.org
प्रमाण (शास्त्र) – http://granthams.koyil.org
प्रमाता (आचार्य) –  http://acharyas.koyil.org
श्रीवैष्णव बालबालिकाहरुको लागि – http://pillai.koyil.org